9 years ago
August 4, 2016
काठमाडौं – इनोभेटिभ इङलिस स्कुल र रिलायन्स रेसिडेन्सियल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

रोमाञ्चक पहिलो सेमिफाइनलमा इनोभेटिभले आयोजक श्रीदिवा इन्टरनेसनल स्कुललाई ३३–३२ ले पराजित ग¥यो । निर्धारित समयको खेल २८–२८ को बराबरीमा सकिएको थियो । थप गरिएको ३ मिनेट पनि ३०–३० को बराबरीमा सकिएपछि पुनः ३ मिनेट समय थपिएको थियो । इनोभेटिभको जितमा ममता गुरुङले १४ अंक योगदान गरिन् । अर्को सेमिफाइनलमा रिलायन्सले डाफोडिललाई ३७–१९ ले हरायो । रिलायन्सकी रिना भण्डारीले १६ अंक जोडिन् ।
ब्वाइजतर्फ श्रीदवा र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) उपाधिका लागि भिड्ने छन् ।
श्रीदिवाले एलआरआईमाथि ४६–४४ को कठिन जित निकाल्यो । विजेताका भीमराज राईले १६ स्कोर गरे । विशाल राईको १७ अंक सहयोगमा एचएचसीएले माउन्ट कैलाशलाई ४७–४२ ले पाखा लगायो । फाइनल शुक्रबार हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]