काठमाडौं, भदौ २० गते ।
ज्ञाननिकेतन प्रथम माफ अन्तरविद्यालय सिनियर छात्रा बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ज्ञाननिकेतनले जगत मन्दिरलाई २४–१२ ले पराजित गर्यो । ज्ञाननिकेतनको जितमा डेजी कार्कीले १८ अंक योगदान गरिन् ।
म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगितामा न्यु अरुणोदय र ल्यान्डमार्क पनि क्वाटरफाइनलमा पुग्न सफल भए । न्यु अरुणोदयले रिभेरालाई १०–६ ले हराउदै समूह ‘डि’ को विजेता बन्यो । विजेताकी मनिम बुढाले ६ अंक जोडिन् । रिभेरा पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनल पुग्न सफल भयो । ल्यान्डमार्कले भेनसमाथि ७–५ को जित निकाल्यो । ल्यान्डमार्ककी अस्मिता कार्कीले ६ स्कोर गरिन् ।
त्यस्तै अन्य लिग खेलमा कन्स्टिलेसनले बेबिलनलाई १६–८ तथा भेनसले कन्टिनेन्टललाई १४–११ ले निराश पारे । कन्स्टिलेसनकी निशा सुवेदीले ६ र भेनसकी रश्मी गुरुङले ४ अंक जोडे ।