default_image

9 years ago

September 8, 2015

एनसेल यु–१८ अन्तरकलेज बास्केटबल- क्वाटरफाइनल समीकरण पूरा

भाद्र २१, काठमाडौं- एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण मंगलबार पूरा भएको छ । क्वाटरफाइनलमा लिभरपुलको भेट टाइम्ससंग हुनेछ भने मोर्गनले जेभियरको सामना गर्नेछ । दुवै खेल बुधबार हुनेछ । बााकी क्वाटरफाइनल प्राइम र एलआरआई तथा गोल्डेनगेट र जेम्सबीच बिहीबार हुनेछ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जेम्सले ह्वाइटहाउसलाई ४७–३० ले पराजित […]

49 views

0 Bookmark

भाद्र २१, काठमाडौं-
एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण मंगलबार पूरा भएको छ ।

quarter final round complete
क्वाटरफाइनलमा लिभरपुलको भेट टाइम्ससंग हुनेछ भने मोर्गनले जेभियरको सामना गर्नेछ । दुवै खेल बुधबार हुनेछ । बााकी क्वाटरफाइनल प्राइम र एलआरआई तथा गोल्डेनगेट र जेम्सबीच बिहीबार हुनेछ ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जेम्सले ह्वाइटहाउसलाई ४७–३० ले पराजित गर्दै सातौं टिमका रुपमा क्वाटरफाइनलमा प्रवेश पायो । जेम्सको जितमा विशेष खड्काले २० अंक जोडे ।
तेश्रो क्वाटर ६–६ को बराबरीमा टुंगियो भने बााकीमा जेम्सले अग्रता लिने क्रममा पहिलोमा १६–८, दोश्रोमा १४–१० र चौथोमा ११–६ अंक जोड्यो ।

जेभियरले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ५६–३७ ले हराउदै क्वाटरफाइनल पुग्ने अन्तिम टोली बन्यो । जेभियरका सेवाङ जि. विष्टले १९ स्कोर गरे ।

चारै क्वाटरमा अग्रता लिएको जेभियरले क्रमश: ११–९, १२–११, १४–६ र १९–११ को प्रदर्शन गर्‍यो । अर्को महत्वहीन खेलमा आईडियल मोडेल कलेजले डिएभी कलेजलाई ५२–४३ ले पन्छायो । विजयी टिमका अनिश गुरुङले २० अंक जोडे ।

April 10, 2024

ह्विलचियर बास्केटबल – जावलाखेल र आर्मीलाई उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्लुएससी) र पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा जेडब्लुएससीले एससिआईएनएनलाई १८–७ ले हराउँदै महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फकाके […]

March 7, 2024

थ्री वाइ थ्री बास्केटबलको ब्राण्ड एम्बास्डर अभिनेता शाही

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबार सुरु हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ । ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ ८ टोलीको सहभागिता रहने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सि’टीको क्लबले […]

February 23, 2024

प्यारागन, गुहेश्वरी र बौद्धलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० […]

Success

Thank you for your time.