लिभरपुल इन्टरनेसनल कलेज र मोर्गन इन्टरनेसनल कलेज एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पहिलो सेमिफाइनलमा लिभरपुलले टाइम्स इन्टरनेसनल कलेजलाई ५४–३९ ले पराजित गर्यो । लिभरपुलका समिर निरौलाले १८ अंक जोडे ।
लिभरपुलले पहिलोमा १०–३, दोश्रोमा १९–१६ र तेश्रोमा १४–६ को अग्रता बनाउदै जित सम्भव तुल्याएको थियो । लिभरपुल चौथोमा ११–१४ ले पछि पर्यो ।
मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई ५०–४० ले हरायो । मोर्गनको जितमा डेन्जु गुरुङले १५ अंक योगदान गरे ।
पहिलो क्वाटरमा ९–१० को झीनो अन्तरले पछि परेको मोर्गन दोश्रोमा १६–७ ले अगाडि रह्यो । तेश्रोमा मोर्गनले १२–८ को अग्रता हासिल गर्यो भने चौथोमा १३–१५ ले पछि पर्यो ।