10 years ago
September 11, 2015
न्यु समिट स्कुलले दशौ क्विइक्स चिजबल ग्रीनल्याण्ड बास्केटबल प्रतियोगितामा शुक्रवार बिजयी शुरुवात गरेको छ ।
सिनियर ब्वाईजको आफ्नो पहिलो खेलमा न्यु समिटले बालबिकासलाई २३–१६ ले रोक्यो । बिजयी टिमका लाक्पा शेर्पाले ९ स्कोर गरे । सिनियरतर्फ ग्लीनवर्डले फेरिल्याण्डलाई ३२–…१४ र हिमालय हेल्थ चाइल्ड एकेडेमी (एचएचसीए)ले ज्ञान सिन्धुलाई ७४–३४ ले हराए । ग्लीनवर्ड र हिमालयको जितका लागि क्रमश जीयो किनोशित्ताले १२ स्कोर र प्रकाश सुबेदीले १६ स्कोर गरे । अन्य खेलमा अभियान पब्लीक,त्रिज्याती,स्काईलार्कले जित निकालेका छन् । कुशल केसीको सर्बाधिक १२ स्कोरको सहयोगमा अभियानले इडिनव्रीजलाई २५–१८ ले पराजित गर्यो । त्यस्तै त्रिज्यातीले काब्यलाई १३–४ ले हराउदा स्काईलार्कले एआईएलाई ४४–२५ ले रोक्यो । जुनियरतर्फको खेलमा ओडिसिले एचएचसीए विरुद्ध ३२–१९ को जित निकाल्यो । ओडिसिको जितमा शाहिल तामाङले सर्बाधिक १५ स्कोर गरे ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]