default_image

9 years ago

September 12, 2015

गोल्डेनगेटलाई यु–१८ बास्केटबलको उपाधि

गोल्डेनगेट इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको फाइनलमा गोल्डेनगेटले लिभरपुल इन्टरनेसनल कलेजलाई ५४–४९ ले पराजित गर्‍यो । विजयी टिमका लागि खुखेन लामाले १८ अंक जोडे । उनी ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए । मोर्गन इन्टरनेसनल कलेजले प्राइम कलेजलाई ४९–३१ ले […]

50 views

0 Bookmark

गोल्डेनगेट इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

10
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको फाइनलमा गोल्डेनगेटले लिभरपुल इन्टरनेसनल कलेजलाई ५४–४९ ले पराजित गर्‍यो । विजयी टिमका लागि खुखेन लामाले १८ अंक जोडे । उनी ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए ।
मोर्गन इन्टरनेसनल कलेजले प्राइम कलेजलाई ४९–३१ ले हराउदै तेश्रो भयो । मोर्गनका डेन्जु गुरुङले १५ स्कोर गरे । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार जिते ।
प्रतियोगिता अवधिभर १ सय ९ स्कोर गरेका लिभरपुलका आशिष बस्नेत सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले पुरस्कार प्रदान गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगितामा १६ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 10, 2024

ह्विलचियर बास्केटबल – जावलाखेल र आर्मीलाई उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्लुएससी) र पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा जेडब्लुएससीले एससिआईएनएनलाई १८–७ ले हराउँदै महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फकाके […]

Success

Thank you for your time.