default_image

9 years ago

November 11, 2016

भ्याली पब्लिक बास्केटबल जारी सैनिक र ग्रिनल्यान्डलाई सफलता

152 views

0 Bookmark

काठमाडौं

राजधानीमा जारी ११ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलमा सैनिक आवासीय मावि र ग्रिनल्यान्ड स्कुलले सफलता हासिल गरेका छन् ।

basketball

गल्फुटारस्थित आयोजक भ्याली पब्लिक उच्च माविको कोर्टमा भएको खेलमा छात्रतर्फ सैनिक आवासीय माविले काठमाडौं इंग्लिस स्कुललाई २९–२३ स्कोरले पराजित ग¥यो भने ग्रिनल्यान्डले रुपिज स्कुललाई ४५–३१ स्कोरले पाखा लगायो । ग्रिनल्यान्डका अनमोल आचार्यले १४ अंक बटुले ।

छात्रतर्फकै अन्य खेलमा टीआइएले फोलिसिस स्कुललाई ४०–२९ अंकले हराउँदा बसुन्धारा एकेडेमीले लोयल्टी स्कुललाई ४९–२९ अंकले पाखा लगायो । बसुन्धारालाई जिताउन पूर्ण तामाङले १५ स्कोर गरे ।

शुक्रबार सम्पन्न छात्रातर्फको खेलमा भ्याली पब्लिक बीले पृथ्वी बोर्डिङ स्कुललाई ३०–२१ ले हराउँदा दृष्टि श्रेष्ठ र अस्मिता थापाले समान ११ स्कोर गरे । छात्रातर्फ नै ग्रिनल्यान्डले काठमाडौं इंग्लिस स्कुललाई १९–१२ ले पराजित गर्‍यो । ग्रिनल्यान्डका प्रमिला जागरी र सुदिना श्रेष्ठले ७÷७ स्कोर गरे । त्यसैगरी अर्को खेलमा भ्याली पब्लिक एले लोयल्टी एकेडेमीलाई ३९–२९ स्कोरले हरायो । भ्यालीकी रोशनी श्रेष्ठ र प्रतिक्षा मगरले समान १६ स्कोर गरे ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.