default_image

2 years ago

March 10, 2022

सानदार बलिङसँगै नेपाल फराकिलो जित नजिक

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङको सहयोगमा नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिससँग फराकिलो जित नजिक पुगेको छ ।

नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पुलिस २१ ओभरमा ७ विकेट गुमाउँदै ७९ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर करण केसीले ४ विकेट लिएका छन् । सागर ढकाल र कमलसिंह ऐरीले १–१ विकेट लिएका छन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो । नेपालका युवा ब्याटर रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल र करण केसीले अर्धशतकीय इनिङ खेले । तेस्रो नम्बरका युवा ब्याटर रोहित कुमार पौडेलले सर्वाधिक ७२ रनको योगदान दिए ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल ५७ र आसिफ ५२ रनमा आउट भए । त्यसपछि नेपालको इनिङ रोहितले सम्हाल्लेका थिए । आरिफ शेख ३५, विनोद भण्डारी ३, भीम सार्की २ र पवन सरार्फ ३ रनमा आउट भए ।

तल्लोक्रममा करण केसीले आक्रामक ५३ रनको अविजित इनिङ खेले । कमलसिंह ऐरी ४५ रनमा अविजित रहे । आठौं विकेटका लागि करण र कमलले उत्कृष्ट अविजित ब्याटिङ गरेका थिए ।

May 17, 2024

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्ने भएको हो । नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ । नेपालले २७ मेमा क्यानडा विरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना […]

May 16, 2024

नेपालको विनवार्ड्स भोलक्यानोज विरुद्ध बलियो योगफल

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको दोस्रो अभ्यास खेलमा बलियो योगफल खडा गरेको छ । पार्क हिल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो । नेपालका लागि अनिल साहले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.