3 years ago
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए को पहिलो खेलमा भारत र पाकिस्तान भिड्दैछन् । पहिलो हाफको खेल सकिँदा भारत २-० ले अघि छ ।

दशरथ रंगशालामा जारी खेलको चौथो मिनेटमा नै पाकिस्तानले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । जुल्फिया नाजिरको पासमा नादिया खानले वन भर्सेस वनको अवस्थामा गोल गर्न सकिनन् । जुल्फियाले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासमा नादियाले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहारले गोलरक्षकलाई पनि समस्या दिन सकेन ।
खेलको २० औं मिनेटमा भारतले अग्रता लियो । भारतकी सन्ध्या रंगनाथनले बायाँ विंगबाट गरेको क्रस गोलरक्षक सहिदा महापाराले बचाएकी थिइन् । तर रिबाउन्डमा आएको बल कप्तान मारिया खानलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो ।

पहिलो गोल गरेको दुई मिनेट नबित्दै भारतले अग्रता दोब्बर पार्यो । दाङमेइ ग्रेसले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै २-० को अग्रता दिलाइन् । उनले अन्जु तामाङको चलाखीपूर्ण पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनमा गोल गरेकी थिइन् ।
आज हुने समूह ए को दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ ।
December 7, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]