default_image

2 months ago

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

1169 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ ।

लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले पछि छ । ३७ खेलमा आर्सनलको ८६ अंक छ । सिटीको ३६ खेलमा ८५ अंक छ ।

सिटीले आजको खेलमा बराबरी मात्र नै गर्ने हो भने आर्सनल नै गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहने छ । टोटेनहमसँग सिटी बराबरीमा रोकिए र आर्सनलले आफ्नो अन्तिम खेलमा एभर्टनलाई पराजित गरेको खण्डमा सन् २००३ पछि पहिलो पटक पटक लिग उपाधि जित्नेछ ।

उता सिटीको दाउ लगातार चार पटक उपाधि जित्ने छ । आज सम्म प्रिमियर लिगको इतिहासमा कुनै टोलीले पनि लगातार चार उपाधि जितेको छैन ।

आर्सनल र टोटेनहम चिर प्रतिद्वन्दी रहेका छन् । आर्सनललाई आज आफ्नो ठूलो प्रतिद्वन्दीको सहायताको आवश्यकता रहेको छ । त्यसकारण पनि आजको खेल निकै महत्वपूर्ण मानिएको छ ।

टोटेनहम पनि शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुन चाहन्छ । पाँचौं स्थानमा रहेको टोटेनहमको ३६ खेलमा ६३ अंक छ । चौथो स्थानको एस्टन भिल्लाको ३७ खेलमा ६८ अंक छ । त्यसैले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राख्नका लागि पनि टोटेनहमलाई जित आवश्यकता छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.