2 years ago
November 23, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को पहिलो खेलमा जर्मनीले जापानविरुद्ध १९ वर्षीय मिडफिल्डर जमाल मुसियालालाई पहिलो रोजाइमा उतारेको छ ।
प्रशिक्षक हान्सी फ्लिकले बायर्न म्युनिखका युवा मिडफिल्डर मुसियालालाई पहिलो विश्वकप खेलमा नै सुरुवाती रोजाइमा अवसर दिएका हुन् । उनलाई आक्रमणमा सर्ज नाब्री, थोमस मुलर र काइ हाभर्ट्जले साथ दिनेछन् । विश्वकपमा १० गोल गरेका मुलर हाल खेलिरहेका खेलाडीमध्य सर्वाधिक गोलकर्ता हुन् ।
जर्मनीले मिडफिल्डमा इल्काए गुन्डोगन र जोशुवा किम्मिखलाई उतारेको छ । डिफेन्समा एन्टोनियो रुडीगर, निको स्लोटरबेक, डेविड रम र निकलस सुल रहेका छन् । कप्तान म्यानुएल नोएर गोलरक्षकमा नियमित छन् ।
जापानले जर्मन लिगमा खेल्ने खेलाडीसहित सुरुवाती ११ घोषणा गरेको छ । कप्तान माया योशिडासँगै दाइची कामाडा, आओ तानाका, कोउ इताकुरा र एन्डो वातारु जर्मन क्लबबाट खेल्दै आएका छन् ।
सुरुवाती ११ :
जर्मनी : म्यानुएल नोएर, डेविड रम, निको स्लोटरबेक, एन्टोनियो रुडीगर, निकलस सुल, जोशुवा किम्मिख, इल्काए गुन्डोगन, सर्ज नाब्री, थोमस मुलर, जमाल मुसियाला, काइ हाभर्ट्ज
जापान : शुइची गोन्डा, कोउ इताकुरा, युटो नागाटोमो, हिरोकी साकाई, माया योशिडा, वातारु एन्डो, ताकेफुसा कुबो, जुन्या इटो, दाइची कमाडा, आओ तानाका, डेजेन माएडा
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा नेपालकी कप्तान पूजा महतोले टस जितेर फिल्डिङ रोजेकी हुन् । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए । पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका […]