8 months ago
January 19, 2023
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले तेस्रो मिनेटमै गोल गरेपछि रियाद सिजन टोलीविरुद्ध साउदी अरबमा जारी मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अग्रता लिएको छ । खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएको पिएसजीका लागि मेस्सीले तेस्रो मिनेटमा गोल गरे । उनले नेयमारले दिएको चिप पासलाई गोलमा परिणत गरे । मेस्सीले पेनाल्टी क्षेत्र भित्र […]
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले तेस्रो मिनेटमै गोल गरेपछि रियाद सिजन टोलीविरुद्ध साउदी अरबमा जारी मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अग्रता लिएको छ ।
खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएको पिएसजीका लागि मेस्सीले तेस्रो मिनेटमा गोल गरे । उनले नेयमारले दिएको चिप पासलाई गोलमा परिणत गरे । मेस्सीले पेनाल्टी क्षेत्र भित्र गोलरक्षक र डिफेन्सले पछ्याएको अवस्थामा दुई विपक्षीको बीचबाट बललाई पोस्टको दिशा दिएका थिए । लगत्तै पाँचौ मिनेटमा क्रिस्टियानो रोनाल्डोको प्रहार गोलरक्षक केलर नाभासले जोगाए ।
फरवार्ड किलीयन एमबाप्पे, लिओनेल मेस्सी र नेयमार तीनै जना पहिलो रोजाइमा रहेका छन् । मिडफिल्डर रेनाटो सान्चेस, कार्लोस सोलर र फाबियन रुइजले मिडफिल्ड सम्हाल्नेछन् । डिफेन्समा कप्तान मार्किन्हस, सर्जियो रामोस, अक्रफ हाकिमी र जुआन बर्नाट छन् । गोलरक्षकमा केलर नाभास खेल्नेछन् ।
यता रियाद टोलीका लागि कप्तान क्रिस्टियानो रोनाल्डो छन् । उनलाई आक्रमणमा ओडीओन इघालो, मौसा मारेगा र एन्डरसन टालिस्काले साथ दिनेछन् । मिडफिल्डमा मुसाब फाहद अल जुवेर र लुइज गुस्ताभो छन् । डिफेन्समा अल्भारो गोन्जालेज, मोहमद अल ब्रेक, अलि अल बोलेआही र कोनान छन् । गोलरक्षकमा अल ओवाइस रहेका छन् ।
खेलको उद्घाटन समारोहमा भारतीय अभिनेता अमिताभ बच्चनले खेलाडीलाई स्वागत गरेका थिए ।
البث المباشر للأستوديو التحليلي والمباراة على #كأس_موسم_الرياض 😍🔥#RiyadhSeasonCup https://t.co/AitZfgalSB
— موسم الرياض | Riyadh Season (@RiyadhSeason) January 19, 2023
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]
September 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो ब्याचका खेलाडीलाई सम्मानित गरेको छ । सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्ने नेपालका पहिलो ब्याचका सबै खेलाडी र प्रशिक्षकलाई क्यानले सम्मानित गरेको हो । क्यानको केन्द्रिय साधारण सभा तथा अधिवेशनको क्रममा उनीहरुलाई सम्मान गरेको हो । कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले खेलाडीहरुलाई […]
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – १९ अौें एसियाली खेलकुद अन्तर्गत टेबल टेनिसको प्रारम्भिक चरणमा नेपालले पहिलो दिन महिला र पुरुष दुवैको टिम इभेन्टमा हार बेहोरेको छ । पुरुषतर्फ जापानसँग ३-१ ले हारेपनि १७ वर्षीय रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । जापानविरुद्ध नेपालका कुनैपनि खेलाडीले सेट जितेको यो पहिलो अवसर […]