काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर अनन्त तामाङको गोलमा नेपालले लाओसविरुद्ध प्रधानमन्त्री थ्री नेसन्स कपमा अग्रता लिएको छ ।

१८ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २५ औं मिनेटमा एट भिंगखामले २५ यार्ड टाढाबाट गरेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
खेलको २९ औं मिनेटमा अनन्तले गोल गरे । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत गोल गरेका हुन् ।
खेल ३० मिनेटमा चलिरहँदा नेपाल १-० ले अघि छ ।
प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्