default_image

1 year ago

June 8, 2023

नेपालले दोस्रो विकेट गुमायो

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध दुई विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरको खेल चलि रहँदा २ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेख ५ चौकासहित २४ रनमा क्रिजमा छन् । अर्का ओपनर कुशल भुर्तेल २४ बलमा २ चौकासहित १६ रन बनाउँदै क्याच आउट भएका छन् । कुशल तीव्र गतिका बलर शफ्यान शरिफको बलमा स्लिपमा जर्ज मुन्शेबाट क्याच आउट हुन पुगेका थिए ।

नेपालका ओपनरले सुरुवातमा केहि संयमित सुरुवात दिलाएका थिए । तेस्रो नम्बरमा आएका भीम सार्की ८ रनमा क्याच आउट भएका छन् । भीम जर्ज मुन्शेबाट नै क्याच आउट भएका हुन् । भीम एड्रियन निलको बलमा क्याच आउट हुन पुगेका हुन् ।

नेपालले दुई सातापछि जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्दैछ । नेपालले दक्षिण अफ्रिकामा दुई अभ्यास खेल खेल्न लागेको हो । नेपालले शनिबार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

काभा नेसन्स लिग – नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले काभा वमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाको सामना गर्ने भएको छ। नेपालसहित ५ राष्ट्रको सहभागिता साउन १७ गते नेसन्स लिग सुरु हुँदैछ। नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले नेसन्स लिगको‌ उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेसन्स लिगको ट्रफी सार्वजनिक गरेको छ । गैर आवासीय […]

Success

Thank you for your time.