default_image

8 months ago

June 18, 2023

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग टस हारेको छ । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्नेछ । नेपालको रोहित पौडेल र जिम्बावेको क्रेग इर्विनले कप्तानी गर्नेछन् । विश्वकपको दाबेदार जिम्बावे नेपाललाई […]

331 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग टस हारेको छ । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्नेछ ।

नेपालको रोहित पौडेल र जिम्बावेको क्रेग इर्विनले कप्तानी गर्नेछन् । विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा सहज सुरुवात गर्न चाहन्छ । पछिल्लो समय उच्च लयमा रहँदै सानदार प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ ।

नेपालले पहिलो पटक टेस्ट टोलीसँग ओडिआई खेल खेल्दैछ । ओडिआई विश्व वरियतामा नेपाल १५ औं र जिम्बावे ११ औं स्थानमा छन् । नेपालका सन्दीप लामिछाने र जिम्बावेका सिकन्दर राजा प्रमुख हतियार हुन् । राजाले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । २०१८ को विश्वकप छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएका राजा नेपाललाई घातक बन्नसक्ने खेलाडी हुन् । नेपालले जिम्बावेसँग एकमात्रै ५० ओभरको खेल खेलेको छ ।

२०१८ को विश्वकप छनोटमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । राजाले ६६ बलमा १ सय २३ रन बनाएपछि जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ८० रन बनाएको थियो । राजाको प्रदर्शन ब्याटिङ र बलिङ दुबैमा महत्वपूर्ण हुनेछ । यता ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट लिने सन्दीप नेपालका प्रमुख हतियार हुन् । उनको उत्कृष्ट प्रदर्शन बिना जित कठिन देखिन्छ ।

नेपालको प्लेइङ ११ ः

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की

February 25, 2024

नेपालले टस हार्यो, टोलीमा २ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन भएको छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र […]

February 25, 2024

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारको यात्रा पक्का गरेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो […]

February 24, 2024

साम्बाको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारीको गोलमा नेपालले वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध अग्रता लिएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले १-० को अग्रता लिएको छ । साम्बाले पहिलो हाफको ४१ औं मिनेटमा गोल गरेकी हुन् । रेखा पौडेलको पासलाई उनले पहिलो टचमै गोलमा परिणत गरेकी थिइन् । आजको […]

Success

Thank you for your time.