default_image

1 month ago

August 16, 2023

एएफसी कप छनोट : मछिन्द्रको आक्रामक रणनीति

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको प्लेअफ अन्तर्गत दोस्रो चरणमा मछिन्द्र फुटबल क्लबले मोहन बगानविरुद्ध आक्रामक टोली उतारेको छ । खेल साँझ ७:१५ बजे सुरु हुनेछ । प्रशिक्षक किशोर केसीले ४ फरवार्डसहित मोहन बगानविरुद्ध सुरुवाती ११ घोषणा गरेका हुन् । पारो एफसीविरुद्ध खेलेको टोलीमा एक परिवर्तन गर्दै केसीले मेसुके ओलोमोउलाई पहिलो रोजाइमा उतारेका छन् । […]

2599 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको प्लेअफ अन्तर्गत दोस्रो चरणमा मछिन्द्र फुटबल क्लबले मोहन बगानविरुद्ध आक्रामक टोली उतारेको छ । खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।

प्रशिक्षक किशोर केसीले ४ फरवार्डसहित मोहन बगानविरुद्ध सुरुवाती ११ घोषणा गरेका हुन् । पारो एफसीविरुद्ध खेलेको टोलीमा एक परिवर्तन गर्दै केसीले मेसुके ओलोमोउलाई पहिलो रोजाइमा उतारेका छन् । मिडफिल्डर उत्सव राई बेन्चमा झरेका छन् ।

मेसुकेसँगै आक्रमणमा विमल घर्ती मगर, ओलावाले आफिज र आयुष घलान सुरुवाती रोजाइमा छन् । मिडफिल्डमा एरिक विष्ट र आन्द्रेस निया रहेका छन् । डिफेन्समा देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, ओमोलाजा करीम र छिरिङ गुरुङ खेल्दैछन् । कप्तान विशाल श्रेष्ठ नियमित गोलरक्षक छन् ।

मोहन बगान र मछिन्द्रबीच खेलको विजेताले फाइनलमा माल्दिभ्सको क्लब इगल्स र बंगलादेशको ढाका अबहानीबीच विजेतासँग खेल्नेछ । उक्त फाइनलको विजेताले सिधै समूह चरणमा स्थान पक्का गर्नेछ । समूह चरणमा भारतको ओडीसा र माल्दिभ्सको माजियाको स्थान पक्का भइसकेको छ ।

बंगलादेशको बसुन्धारा किंग्स पनि च्याम्पियन्स लिगको प्लेअफ पार गर्न नसक्दा समूह चरणमा खेल्ने भएको छ । मंगलबार भएको प्लेअफमा टोलीले शारजाह एफसीसँग २-० को हार बेहोरेको थियो ।

विशाल श्रेष्ठ

सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ

आन्द्रेस निया, एरिक विष्ट

विमल घर्ती मगर, आयुष घलान, मेसुके ओलोमोउ

अफिज ओलावाले

बेन्च : प्रदिप भण्डारी, लुज महर्जन, दिवाकर चौधरी, लाकेन लिम्बु, दिपेश घले, उत्सव राई, आशिष चौधरी, सौरभ लिम्बु, अभिषेक गुरुङ, रेजिन सुब्बा र विजय भुजेल

मुख्य प्रशिक्षक : किशोर केसी

सहायक प्रशिक्षक : सन्तोष न्यौपाने

फिजियो : सुरज भुषाल

व्यवस्थापक : अनिल श्रेष्ठ

सहायक व्यवस्थापक : शिरिष श्रेष्ठ

September 22, 2023

एसियाडमा अनुभव बटुल्दै भलिबल रेफ्री चौलागाईं 

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री पूर्ण प्रसाद चौलागाईं  चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुदको पुरुष भलिबलमा खेल संचालनका क्रममा विभिन्न जिम्मेवारी निर्वाह गरेका छन् । उद्घाटन समारोह अघि नै सुरु भएको पुरुष भलिबलमा चौलागाईंले विगत चार दिन देखि हरेक दिन जिम्मेवारी पाउँदै आएका छन् । शुक्रबार उनले जापान र काजक्सतानबीचको खेलमा […]

September 22, 2023

यू-१९ विश्वकपमा नेपाल, पाकिस्तान र न्युजिल्यान्ड एकै समूहमा

एजेन्सी – नेपाल २०२४ को जनवरीमा हुने यू१९ विश्वकपमा न्युजिल्यान्ड र पाकिस्तानसहित कुल तीन टेस्ट टोलीसँगै परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यू१९ विश्वकपको समूह र खेल तालिका सार्वजनिक गरेको छ । यु१९ विश्वकप २०२४ जनवरी १३ देखी ४ फेब्रुअरी सम्म श्रीलंका चल्नेछ । नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड समूह डी मा छन् […]

September 22, 2023

वीर र निमाले एसियाड उद्घाटनमा नेपालको झन्डा बोक्ने

हाङ्गचौ (हाम्रो खेलकुद) – सागका स्वर्ण पदकधारी खेलाडीद्वय वीर बहादुर महरा र निमा घर्ती मगरले १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा नेपालको झन्डा बोक्ने भएका छन् । १२ औं र १३ औं दक्षिण एसियाली खेलकुदमा उसुतर्फ स्वर्ण पदक जितेकी निमा र १३ औं सागमा तेक्वान्दोमा स्वर्ण जितेका वीरले उद्घाटन समारोहको मार्च पासमा नेपालको झन्डा बोक्ने […]

Success

Thank you for your time.