2 years ago
September 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले म्यानमारविरुद्ध सोमबार दोस्रो मैत्रीपूर्ण खेलका लागि सुरुवाती ११ सार्वजनिक गरेका छन् ।
टोलीमा पहिलो मैत्रीपूर्ण खेलमा उतारेको ११ मा कुनै परिवर्तन गरिएको छैन । अघिल्लो खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका जिलेस्पी जंग कार्की सुरुवाती ११ मा अटाएका छन् । पहिलो खेलमा निराशाजनक प्रदर्शन गरेका उनले आयुष घलान, अन्जन विष्ट र मनिष डाँगीसँग आक्रमण सम्हाल्नेछन् ।
दोस्रो खेलका लागि पहिलो रोजाईमा कप्तान समेत रहेका गाेलरक्षक किरण चेम्जाङ, आशिष चौधरी, रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, लाकेन लिम्बु, आभाष लामिछाने, मनीष डाँगी, आयुष घलान, अन्जन विष्ट र जिलेस्पीजंग कार्की छन् ।
अर्को महिना हुने लाओसविरुद्धको विश्व कप छनोटको तयारीको सिलसिलामा नेपाली टोली दुईवटा मैत्रीपूर्ण खेलका लागि म्यानमार पुगेको हो । आजको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल र म्यानमारको गोलरहित बराबरी खेलेका थिए ।
June 14, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबकी निरुता ठगुन्ना प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेकी निरुताले उपाधिसहित ३० हजार रुपैयाँ प्राप्त गरिन् । विधागत पुरस्कारतर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी उत्कृष्ट स्पाईकर, टिप टप न्यु डायमण्ड स्पोर्टस की सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमण्डकी […]
June 14, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]
June 14, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफकी क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले वर्षको पहिलो उपाधि जितेको हो। दुई साताअघि सोही पोखरा रंगशालास्थित कभर्ड हलमा भएको नवौं पिएम कप एनभिए भलिबल लिगमा कमजोर प्रदर्शन गरेको एपिएफले यसपटक सानदार प्रदर्शन गरेको छ। […]