default_image

1 month ago

October 23, 2023

ब्याटिङमा नेपालको बिर्सनलायक सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम लिग खेलमा लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरेको छ । जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३ ओभरमा ३ विकेट गुमाएर मात्र १७ रन जोडेको छ । नेपालले ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको साथ […]

1649 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम लिग खेलमा लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरेको छ ।

जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३ ओभरमा ३ विकेट गुमाएर मात्र १७ रन जोडेको छ । नेपालले ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको साथ गुमाएको छ । नेपालका लागि क्रिजमा असिफ शेख ७ रन र कप्तान रोहित कुमार पौडेल १ रनमा खेलिरहेका छन् ।

दोस्रो इनिङको चौथो बलमा कुशल भुर्तेल मुहमद जवादुल्ल्लाबाट बोल्ड भए । दोस्रो ओभरको पाँचौ बलमा सोमपाललाई अकिफ राजाले कट बिहाईन्ड गराए । तेस्रो ओभरमा कुशल मल्ल एक रन जोड्ने क्रममा बसल हमिदबाट नन स्ट्राइक एण्डमा रनआउट हुँदा नेपाल समस्यामा परेको थियो ।

त्यसअघि नेपालले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन जोडेको थियो । यूएईका लागि बसिल हमिद र वृत्य अरविन्दले ४५-४५ रनको योगदान दिए ।

बसिलले १९ बलमा २ चौका र ५ छक्का प्रहार गरेका थिए । इनिङको अन्त्यतिर उनको आक्रामक ब्याटिङकै कारण यूएईले राम्रो योगफल खडा गरेको थियो । त्यसअघि वृत्यले मध्यक्रम सम्हाल्ने क्रममा ५१ बलमा ४ चौका प्रहार गरे ।

नेपालका कप्तान रोहितकुमार पौडेलले लगातार चौथो खेलमा टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका थिए । नेपाल समूहको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । यूएईले आजको खेलमा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अभिनाश बोहोरा टोलीमा फर्केका छन् । यस्तै पछिल्लो खेलबाट प्रतिश जिसी र ललित नारायण राजवंशीलाई विश्राम दिइएको छ ।

नेपालले सुरुवाती दुई खेलमा पनि टस जितेर फिल्डीङ नै रोजेको थियो । हङकङसँग शनिबार भएको खेलमा भने नेपालले पहिलो ब्याटिङ गर्दै २ सय १३ रनको विशाल योगफल खडा गरेको थियो ।

नेपालको टोली :

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विवेक यादव, सोमपाल कामी, गुलशन झा, करण केसी, अभिनाश बोहोरा

यूएईको टोली :

मुहमद वसीम, वृत्य अरविन्द, खालिद शाह, आलिशान सराफु, आसिफ खान, बसिल हमिद, नसिर अली, निलांश केश्वनी, जहुर खान, मुहमद जवादुल्लाह, अकिफ राजा

November 29, 2023

बार्सिलोना तीन वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तीन वर्षको अन्तरालपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जाेआओ फेलिक्सले एक एक गोल गरे । सुरुवाती समयमा बार्सिलोनाले बल आफूसँग […]

November 28, 2023

म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाको रोमान्चक जित

एजेन्सी – ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले तेस्रो टि२० आई सिरिजमा भारतमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २-१ ले पछि छ । जितको लागि २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया मध्यक्रम ब्याटर ग्लेन म्याक्सवेलले ४८ […]

November 28, 2023

अन्तिम समयमा दुई गोलसहित काठमाडौं र चितवनको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ । खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो । ८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि […]

Success

Thank you for your time.