default_image

5 years ago

April 20, 2019

सन्दीपलाई पहिलो ओभरमै विकेट !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेले आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जावबीच जारि खेलमा आफ्नो पहिलो ओभरमा नै विकेट लिएका छन् । उनले विश्वकपका लागि भारतीय टोलीका समेत सदस्य रहेका केएल राहुलको विकेट लिएका हुन् । टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको दिल्लीले सन्दीपलाई दोस्रो ओभरमै बलिङको जिम्मेवारी दिएको थियो […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेले आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जावबीच जारि खेलमा आफ्नो पहिलो ओभरमा नै विकेट लिएका छन् । उनले विश्वकपका लागि भारतीय टोलीका समेत सदस्य रहेका केएल राहुलको विकेट लिएका हुन् ।

टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको दिल्लीले सन्दीपलाई दोस्रो ओभरमै बलिङको जिम्मेवारी दिएको थियो । पहिलो बलमा केएल राहुलले सन्दीपलाई छक्का प्रहार गरे । दोस्रो बल सन्दीपले डट गराए । तेस्रो बलमा राहुलले चौका प्रहार गरे ।

चौथो बलमा भने सन्दीपले विकेटकीर ऋषव पन्तबाट राहुललाई १२ रनमा स्टम्पिङ्ग आउट गराए । लेग अम्पायरले थर्ड अम्पायरलाई रिफर गरेपछि रिप्लेमा राहुल आउट भएका थिए । सन्दीपले पाँचौ बलमा मयंक अग्रवाललाई डट गराउँदा छैटौं बलमा १ रन दिए । सन्दीपले सम्रगमा पहिलो ओभरमा ११ रन खर्चेर १ विकेट लिएका छन् ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

Success

Thank you for your time.