default_image

12 months ago

December 11, 2024

काभा क्लब च्याम्पियन्सिप – इरान यु-१८ सेमिफाइनलमा

1528 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- इरानको यु-१८ टोलीले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलमा पुगेको छ।

भारतको क्यालिकटलाई बुधवार सोझो सेटमा माथ दिंदै इरानको युवा टिमले ७ अंक बनाएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको क्यालिकट र इरानको टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो। तर युवा इरानको युवा खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रहयो।

पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि २७-२५ ले इरानले जित्यो। एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालिकट खेलमा फर्कन सकेन। सहजै इरानको यु -१८ टिमले २५-२२ ले जित्यो।

खेलमा २-० को स्पष्ट अग्रता कायम गर्यो। तेस्रो सेटमा इरानले १६-१३ को अग्रता लिएको थियो। तर यो अग्रता तोड्दै क्यालिकटले इरानलाई एक समय १७-१८ ले पछि पारेको पनि थियो।

तर यो अग्रतालाई निरन्तरता दिन सकेन। युवा टिमले यसपछि लगातार जस्तै अंक जोड्यो र २५-२० ले तेस्रो सेट पनि जित्यो। यो सोझो सेटको जितमा इरानले लगातार तेस्रो जित सहित ७ अंक बनाएको छ। एक खेल अगाडि नै सेमिफाइनलमा स्थान बनाउन सफल रहयो।

इरानले यसअघि पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ को सेटमा हराएको थियो। पराजित क्यालिकटको भने यो दोस्रो हार हो।

क्यालिकट पहिलो खेलमा टिमटप हेल्प नेपालसँग हारेको थियो। दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई हराएपनि आज इरानसँग सोझो सेटमा पराजित भयो। उसले ३ खेलबाट मात्र ४ अंक बनाएको छ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.