12 months ago
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इरानको यु-१८ टोलीले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलमा पुगेको छ।
भारतको क्यालिकटलाई बुधवार सोझो सेटमा माथ दिंदै इरानको युवा टिमले ७ अंक बनाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको क्यालिकट र इरानको टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो। तर युवा इरानको युवा खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रहयो।
पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि २७-२५ ले इरानले जित्यो। एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालिकट खेलमा फर्कन सकेन। सहजै इरानको यु -१८ टिमले २५-२२ ले जित्यो।
खेलमा २-० को स्पष्ट अग्रता कायम गर्यो। तेस्रो सेटमा इरानले १६-१३ को अग्रता लिएको थियो। तर यो अग्रता तोड्दै क्यालिकटले इरानलाई एक समय १७-१८ ले पछि पारेको पनि थियो।
तर यो अग्रतालाई निरन्तरता दिन सकेन। युवा टिमले यसपछि लगातार जस्तै अंक जोड्यो र २५-२० ले तेस्रो सेट पनि जित्यो। यो सोझो सेटको जितमा इरानले लगातार तेस्रो जित सहित ७ अंक बनाएको छ। एक खेल अगाडि नै सेमिफाइनलमा स्थान बनाउन सफल रहयो।
इरानले यसअघि पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ को सेटमा हराएको थियो। पराजित क्यालिकटको भने यो दोस्रो हार हो।
क्यालिकट पहिलो खेलमा टिमटप हेल्प नेपालसँग हारेको थियो। दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई हराएपनि आज इरानसँग सोझो सेटमा पराजित भयो। उसले ३ खेलबाट मात्र ४ अंक बनाएको छ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]