default_image

5 years ago

May 22, 2019

सावित्राको गोलमा सेथुलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगको फाइनल खेलमा सेथुलाई अग्रता दिलाएकी छिन् । मणिपुरविरुद्ध जारि दोस्रो हाफको खेलको ५ मिनेटको अन्तरमा सेथुको दोस्रो गोल गर्दै सावित्राले सेथुलाई खेलमा अगाडी बढाएकी हुन् । पहिलो हाफमा सेथु १-० ले पछाडी रहेको थियो । खेलको ४३ औं मिनेटमा मणिपुरकी राधारानी देवीले गोल गर्दै […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगको फाइनल खेलमा सेथुलाई अग्रता दिलाएकी छिन् । मणिपुरविरुद्ध जारि दोस्रो हाफको खेलको ५ मिनेटको अन्तरमा सेथुको दोस्रो गोल गर्दै सावित्राले सेथुलाई खेलमा अगाडी बढाएकी हुन् ।

पहिलो हाफमा सेथु १-० ले पछाडी रहेको थियो । खेलको ४३ औं मिनेटमा मणिपुरकी राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकि थिइन । उनले हेडरमार्फत गोल गरेकी थिइन् । सेथुले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्ने सुवर्ण अवसर प्राप्त गरेपनि आशालता देवीको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो  ।

दोस्रो हाफको ५६ औं मिनेटमा सेथुले खेल बराबरीमा ल्यायो । सावित्राले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासमा ग्रेसले दिएको क्रसमा इन्दुमथीको प्रहार मणिपुरकी उपमति देवीलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो ।

त्यसको ४ मिनेटपछि नै सावित्राले सेथुलाई अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ६५ मिनेट चल्दा सेथु २-१ ले अगाडी छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.