5 years ago
August 16, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम क्वाटरफाइनलमा म्यानचेस्टर सिटी र लियोन केहीबेरमा भिड्दैछन् । खेलका लागि दुवै टोलीको सुरुवाती ११ यसप्रकार छ ।

म्यानचेस्टर सिटीले पछिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ । मिडफिल्डर फिल फोडेन टोलीबाहिर रहेका छन् भने डिफेन्डर एरिक गार्सिया पहिलो रोजाइमा आएका छन् । रियल म्याड्रिडविरुद्ध डिफेन्समा खेलेका कप्तान फर्नान्डीन्होले मिडफिल्डमा स्थान बनाएका छन् । आक्रमणमा ग्याब्रीएल जेसस र रहिम स्टर्लिङले नै खेल्नेछन् ।
मिडफिल्डमा फर्नान्डीन्होसँगै रोड्रीगो र इल्काए गुन्डोगन रहेका छन् । आक्रामक मिडफिल्डर केभिन डे ब्रुएनले समन्वयकारी भूमिका निर्वाह गर्नेछन् । डिफेन्समा गार्सियासँग एमेरिक लापोर्ट मध्यभागमा छन् । साइड डिफेन्समा काइल वाल्कर र जोआओ कान्सेलो रहेका छन् । गोलरक्षकमा एडरसन मोराएसले निरन्तरता पाएका छन् ।
यता लियोनले युभेन्टसविरुद्ध दोस्रो लेगमा खेलेको टोलीलाई नै उतारेको छ । कप्तान मेम्फिस डिपाएलाई कार्ल तोको एकाम्बीले आक्रमणमा साथ दिनेछन् । चोटका कारण खेल्ने शंका रहेका मिडफिल्डर हौसेम औआरले टोलीमा स्थान बाएका छन् । उनीसँग काकेरेट र ब्रुन्नो गुइमारेसले खेल्नेछन् । दुबोइस र कोर्नेटले विंगब्याकको भूमिका निर्वाह गर्नेछन् ।
डिफेन्डर जेसन डिनाएर अघिल्लो खेलमा चोटका कारण चाडै निक्लेपनि यस खेलका लागि फिट भएका छन् । उनीसँगै मार्सेलो र मार्कालले डिफेन्सको जिम्मेवारी सम्हाल्नेछन् । पोर्चुगिज गोलरक्षक मिगुएल लोपेसले आफ्नो स्थान पक्का राखेका छन् ।
म्यानचेस्टर सिटी : एडरसन – वाल्कर, गार्सिया, लापोर्ट, क्यान्सेलो – फर्नान्डीन्हो, गुन्डोगन, रोड्रीगो – डे ब्रुएना, स्टर्लिङ, जेसस
लियोन : लोपेस – डीनाएर, मार्सेलो, मार्काल – कोर्नेट, औआर, गुइमारेस, ककेरेट, दुबोइस – तोको एकाम्बी, डिपाए
December 7, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]