default_image

5 years ago

September 1, 2020

जमैकाले टस जित्यो

150 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २१ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले ट्रीनबेगो नाइट राइडर्सविरुद्ध टस जितेको छ ।

ब्रायन लारा स्टेडियममा भएको टसमा जितेर जमैका कप्तान रोभमान पवेलले पहिला बलिङ गर्ने निर्णय लिएका छन् । टोलीमा अलराउन्डर आन्द्रे रसेल फर्किएका छन् । रसेलले यस अघिका दुई खेल गुमाएका थिए । टोलीमा रसेल फर्किदा स्पिनर विरसामी पेरुमल भने बाहिरि रहेका छन् ।

सेमिफाइनलको यात्रा बलियो बनाउन जमैकालाई आजको खेल जित्नै पर्ने हुन्छ । यता नाइट राइडर्स जमैकालाई हराउँदै औपचारिक रुपमा सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ । नाइट राइडर्स आफ्नो अपराजित यात्रा कायमै राख्ने चुनौतीका साथ मैदान प्रवेश गर्नेछ । यता जमैका राइडर्सलाई पहिलो हारको स्वाद चखाउन चाहन्छ ।

पहिलो खेलमा नाइट राइडर्सले तलावाजलाई ७ विकेटले हराएको थियो । नाइट राइडर्स ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । यता जमैका ६ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । दुई टोली बीच सिपिएलमा कुल १७ खेल भएका छन् । जसमा जमैका ९ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ ।

नाइट राइडर्स प्लेइङ ११ : सुनिल नारायण, लेन्डल सिमन्स, कोलिन मुनरो, टिम सिफर्ट, काइरन पोलार्ड(कप्तान), ड्यारेन ब्राभो, अकील होसेन, ड्वेन ब्राभो, खारी पियरे, जेडन सेल्स र फवाद अहमद ।

जमैका प्लेइङ ११ : ग्लेन फिलिप्स, क्रुमा बोनर, जर्मेन ब्ल्याकवुड, रोभमान पवेल (कप्तान), आसिफ अली, आन्द्रे रसेल, चाडविक वाल्टन, कार्लोस ब्रेथवेट, मुजिब उर रहमान, सन्दीप लामिछाने र फिडेल एडवार्ड्स ।

December 7, 2025

पुलिसलाई अर्जुनधारा महिला भलिबलको उपाधि

हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

Success

Thank you for your time.