default_image

4 years ago

September 3, 2020

जमैकाले पहिलो फिल्डिङमा

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २५ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट किट्स एण्ड नेभिस प्याटियटसविरुद्ध पहिला बलिङ गर्ने भएको छ । ब्रायन लारा स्टेडियममा भएको टसमा जमैका कप्तान रोभमान पवेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । जमैकाले टोलीमा एक परिवर्तन गरेको छ । लगातार […]

34 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २५ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट किट्स एण्ड नेभिस प्याटियटसविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

ब्रायन लारा स्टेडियममा भएको टसमा जमैका कप्तान रोभमान पवेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । जमैकाले टोलीमा एक परिवर्तन गरेको छ । लगातार खराब प्रर्दशन गरि रहेका ओपनर चाडविक वाल्टनलाई बेन्चमा राख्दै स्पिनर विरसामी पेरुमललाई मौका दिएको छ ।

जमैकालाई सेमिफाइनल यात्रा बलियो बनाउन आजको खेल जित्नैपर्ने हुन्छ । यता सेन्ट किट्स आजको खेलमा पराजित भएमा लिग चरणबाट औपचारिक रुपमा बाहिरिने पहिलो टोली बन्ने छ । जमैका ७ खेलमा ३ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ । सेन्ट किट्स ८ खेलमा ७ मा हार र १ मा जित सहित पुछारमा छ ।

सिपिएलमा यी दुई टोलीबीच कुल १२ खेल भएका छन् । जसमा जमैका ६ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । यसै सिजनको पहिलो खेलमा जमैका ३७ रनले विजयी भएको थियो ।

जमैका प्लेइङ ११ – ग्लेन फिलिप्स, क्रुमा बोनर, जर्मेन ब्ल्याकवुड, रोभमान पवेल (कप्तान), आसिफ अली, आन्द्रे रसेल, विरसामी पेरुमल, कार्लोस ब्रेथवेट, मुजिब उर रहमान, सन्दीप लामिछाने र फिडेल एडवार्ड्स ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.