default_image

भारोत्तोलन

September 13, 2023

भारोत्तोलनमा विशालको कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले साउदी अरेबियाको रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ९६ केजी तौलसमूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् । विशालले स्न्याचमा १२६ केजी, क्लिन एन्ड […]

June 28, 2023

चार भारोत्तोलन खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि भारोत्तोलबाट ४ खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट समान २–२ पुरुष र महिला गरी ४ खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् । पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए […]

May 5, 2023

सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको प्रतियोगितामा सहभागी हुन १३औं दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित ३ सदस्यीय नेपाली टोली […]

April 20, 2023

विकासको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – साग स्वर्णधारी विकास थापाले १९औं एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा बिहीबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नेपाल प्रहरीका उनले पुरुष ८१ केजीमा स्न्याचमा १२२ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको १२० केजीको कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा १२२ सहित क्लिन एन्ड जर्कमा १३५ केजी […]

January 7, 2023

गुप्त एसियाली भारोत्तोलनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त एसिायली भारोत्तोलन संघको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् । ४४ राष्ट्रका मतदाता मध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् । यसअघि गुप्त एसियाली भारोत्तोलन संघअन्तर्गत प्राविधिक कमिटीका सचिव थिए । पुस २१ […]

December 23, 2022

अन्जन र कमल सम्मानित

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल बहादुर अधिकारी सम्मानित भएका छन् । अन्जनलाई छत्रबहादुर थापा स्मृति ट्रष्ट र कमललाई शिव विष्णु स्मृति ट्रष्टले सम्मानित गरेको हो । सम्मानित दुवैले समान ५० हजार रुपैयाँ र सम्मान पत्रले सम्मानित भए । दुबैलाई नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सम्मानित […]

October 19, 2022

भारोत्तोलनमा पुलिस च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा १२ स्वर्ण र ७ रजतसहित कुल १९ पदकका साथ च्याम्पियन बनेको छ । २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो । सुदूरपश्चिमले ३ स्वर्ण […]

October 19, 2022

भारोत्तोलनमा एपिएफलाई पहिलो स्वर्ण, विद्याको कीर्तिमान

पोखर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका लागि निशा बलालले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण पदक जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा निशालले स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचमा ६२ र क्लिन एण्ड जर्कमा ७७ गरी कुल १ सय ३९ केजी भार बहन गर्दै एपिएफलाई […]

October 18, 2022

भारोत्तोलनमा पुलिसको वर्चश्व

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिसका विकास थापाले भारोत्तोलनको पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५१ केजी भार बहन गर्दै स्वर्ण जिते । मधेश प्रदेशका राज गुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य जिते । मधेशका राजले स्न्याचमा […]

October 18, 2022

भारोत्तोलनमा जुनमायाको राष्ट्रिय कीर्तिमान

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबबी जुनमाया छन्त्यालले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ७१ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा आफ्नै कीर्तिमान भंग गरेर स्वर्ण जितेकी हुन् । उनले स्न्याचतर्फ ७८ केजी भार बहन […]

Success

Thank you for your time.