default_image

2 years ago

December 10, 2023

भारोत्तोलन टोली कतार जाने

1026 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईडब्लुएफ ग्रान्ड प्रि– २ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली सोमबार कतारको दोहा प्रस्थान गर्दैछ ।

मंसिर १८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सागरको खेल भने प्रतियोगिताको अन्तिम दिन मंसिर २८ गते रहेको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जनाएका छन् ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

November 17, 2025

काठमाडौं गोर्खाजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। राम्रो सुरुवात गरेको काठमाडौंका ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्लसवर्थले पहिलो पावर विना कुनै विकेटको नोक्सानीमा […]

November 16, 2025

स्पेन विश्व कप छनोटको नजिक, बेल्जियम रोकियो

एजेन्सी – मिकेल ओयार्जाबालले २ गोल गरेको खेलमा स्पेनले जर्जियालाई ४- ० को जित दिलाए। यो जितसँगै स्पेन विश्वकप छनोटको नजिक पुगेको छ। स्पेन ५ खेलपछि समूह ‘ई’ को शीर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको टर्कीभन्दा ३ अंक अगाडि छ। दुवै टोलीको अन्तिम खेल मंगलबार हुनेछ। खेलको ११औँ मिनेटमा जर्जियाका जियोर्जी गोचोलेश्विलीको ह्यान्डबलका कारण […]

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

Success

Thank you for your time.