default_image

राष्ट्रिय खेलकुद परिषद्

April 1, 2023

‘खेलकुद सामान्य क्षेत्र होइन’ – प्रधानमन्त्री दाहाल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद सामान्य क्षेत्र नभएको बताएका छन् । राखेपद्वारा शनिबार लाजिम्पाटमा आयोजित खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खेल क्षेत्र राष्ट्रिय एकतालाई सुदृढ गर्ने क्षेत्र रहेको बताए । ‘खेलकुद सामाजिक अनुशासन र सद्भावलाई सुदृढ गर्ने क्षेत्र हो । अन्तर्राष्ट्रिय भाइचारामार्फत […]

April 1, 2023

बब र मारगारेटालाई एसिया ट्राइयाथलन कप

पोखरा (हाम्रो खेलकुद) – एसिया कप ट्राइयाथलन कपको उपाधि पुरुष तर्फ लक्जम्बर्गका बब हेलर र महिला तर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले जितेका छन् । पोखरामा सम्पन्न ट्राइयाथलनमा ७ सय ५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड दूरी बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घन्टा ४ मिनट ५१ सेकेन्ड समयका साथ पूरा […]

March 22, 2023

सडक दुर्घटनामा घाइते अन्जुको अवस्थामा सुधार

काठमाडौं (हाम्रो खेलकुद)– सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु खड्काको अवस्थामा क्रमिक सुधार भइरहेको बताइएको छ । बौद्ध जोरपाटीमा बिहीबार अन्जु मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएकी थिइन् । सोही दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सोही राती उनको टाउकोको शल्यक्रिया भएको थियो । […]

March 16, 2023

सदस्य–सचिव घिसिङ र पदाधिकारीबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका पदाधिकारीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बिहीबार भेट गरेका छन् । भेटका अवसरमा कर्मचारी संघका पदाधिकारीले सदस्य–सचिव घिसिङलाई कर्मचारीको बढुवा, कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधालगायतका विषयमा जानकारी गराएका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले कर्मचारी संघले राखेका विषयवस्तु कार्यन्वयन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका […]

March 7, 2023

एसियन क्रस कन्ट्री – नेपालले २ स्वर्णसहित जित्यो ८ पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १६ औं एसियाली क्रस कन्ट्रीमा २ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्दै ए‍ेतिहासिक प्रदर्शन गरेको छ । नेपाल एथ्लेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको प्रतियोगितामा मंगलबार नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको छ । सिनियर पुरुषमा नेपालले कास्य पदक पनि जितेको छ । त्यस्तै […]

March 7, 2023

एसियन क्रस कन्ट्रीमा दीपकले जिते एतिहासिक स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटर एतिहासिक स्वणर् पदक जितेका छन् । एसियाली स्तरको यो प्रतियोगितामा नेपालले सिनियरमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । १३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता दीपकले ३३ मिनेट ५२.०१ सेकेन्डमा […]

March 7, 2023

एसियन क्रस कन्ट्री -राजपुरालाई रजत

काठमाडौं (हाम्रो खेलकुद)- १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले सिनियर महिलामा पनि २ रजत पदक जितेको छ । यसअघि नेपालले जुनियर महिलामा २ रजत र जुनियर पुरुषमा १ कास्य पदक जितेको थियो । सिनियर महिला १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितेकी छिन् । त्यसको टिम इभेन्टमा पनि नेपालले रजत पदक […]

March 7, 2023

एसियन क्रस कन्ट्री – नेपालले जुनियर पुरुष टिममा कास्य जित्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन क्रस कन्ट्री च्याम्पियनसिपको जुनियर पुरुष (यू २०) ८ किलोमिटर दौडमा कास्य पदक जितेको छ । भारतले स्वर्ण र इरानले रजत पदक जितेको त्यो इभेन्ट्मा नेपालले कास्य पदक जितेको हो । शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरेले १ घन्टा ३१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेको […]

March 7, 2023

एसियन क्रस कन्ट्री – महिला जुनियरमा नेपाललाई २ रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा जुनियर महिला ६ किलोमिटर दौडमा दुई रजत पदक जितेको छ । गोकणर् गल्फ रिसोर्टमा मंगलबार भएको प्रतिस्पर्धामा नेपालकी राम माया बुढाले फोटो फिनिसमा पछि पर्दै रजत पदक प्राप्त गरिन् । राममाया र भारतकी श्रुती श्रीधर रेडाकर दुवैले २४ मिनेट १५ सेकेन्डमा दूरी तय गरेपछि फोटो फिनिसमा […]

March 6, 2023

एसियन क्रस कन्ट्री- ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन एथलेटिक्स एसोसिएसनको कार्यक्रम अनुसार नेपाल एथलेटिक्स संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालसहित ११ देशका खेलाडीले ४ विधाको व्यक्तिगत र समूहगत प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । गोकर्ण गल्फ क्लबमा हुने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.