default_image

राष्ट्रिय खेलकुद परिषद्

April 22, 2023

एनजिए–आरएनजिसी युवा गल्फ प्रशिक्षण सुरु

काठमाडौ (हाम्रो खेलकुद) – जुनियर र महिला गल्फ खेलाडीलाई लक्षित एनजिए–आरएनजिसी युवा प्रशिक्षण कार्यक्रम शनिबार रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा सुरु भएको छ । नेपाल नम्बर एक एमेच्योर गल्फ खेलाडी सुबाश तामाङले प्रशिक्षणको उद्घाटन गरे । रोयल नेपाल गल्फ क्लबमा हरेक शनिबार सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पहिलो दिन १० महिला सहित ४५ जनाले भाग […]

April 20, 2023

राष्ट्रपति रनिङशिल्डबाट प्रतिभाको खोजी गरिने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ । छनोट भएका खेलाडीहरु मार्फत जुनियर राष्ट्रिय टिम बनाईने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगिताको तयारी बैठकमा उद्घाटन तथा सन्चालन सम्बन्धमा छलफल भएको […]

April 16, 2023

सागका दोहोरो स्वर्ण पदक विजेता सुबाश अस्ट्रेलिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक एमेच्योर खेलाडी तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता सुबाश तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी) ले सन्चालन गर्ने एएसी एकेडमीमा प्रशिक्षण लिन अस्ट्रेलिया जाने भएका छन् । मेलबर्नमा जेठ १ देखि ५ गतेसम्म आयोजना हुने निःशुल्क बिशेष प्रशिक्षणमा भाग लिनको लागि एएसीले […]

April 16, 2023

चेसको नेसनल च्याम्पियनसिप यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यहि साता नेसनल चेस च्याम्पियनसिप सुरु हुने भएको छ । काठमाडौ लाजिम्पाट स्थित होटल ले हिमालयमा मंगलबार सुरु हुने च्याम्पियनसिप ६ दिनसम्म आइतबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विदुर गौतमले बताए । च्याम्पियनसिप अन्र्तगत २२ औं ओपन एवं सातौैं वुमन गरी दुई विधामा […]

April 14, 2023

विष्टसहित खेलाडी र खेलकर्मी विभूषित, गौरिकालाई राष्ट्रदीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी शुक्रबार विभूषित भएका छन् । सरकारले संविधान दिवसका अवसरमा गत असोज ३ गते मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुनेहरुको नाम सार्वजनिक गर्दा खेलाडी र खेलकर्मी पनि समेटिएका थिए । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा खेलकर्मीहरु विभूषित भएका हुन् […]

April 12, 2023

एसियाडमा २३ खेलका १ सय ६८ खेलाडीले भाग लिने!

काठमाडौं (हाम्रो खेलकुद)– चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) को छ महिना अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कम्तीमा २३ खेलका १ सय ६८ खेलाडीको सहभागिता गराउने निश्चित गरेको छ ।१९ औं एसियाड चीन हान्जाउमा असोज ६ देखि २१ गते सम्म आयोजना हुनेछ । रणनीतिक (पदक जित्ने सम्भावना भएको) र आम सहभागिताका हिसाबले […]

April 8, 2023

बुद्धिचालका फिडे मास्टर श्रेष्ठको निधन

काठमाडौं (हाम्रो खेलकुद) – बुद्धिचालका अन्तर्राष्ट्रिय खेलाडी तथा फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठको ५६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । शुक्रबार नै उनको अन्तिम संस्कार गरिएको नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष हेराकाजी महर्जनले जानकारी दिए । बुद्धिचाल संघका पूर्व उपाध्यक्ष ,मखन चेस क्लबका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठ लामो समयदेखि क्यान्सर रोगबाट पिडित थिए । […]

April 4, 2023

करातेका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघका नवनिर्वाचित पदाधिकारीलाई मंगलबार प्रमाण पत्र प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पदाधिकारीलाई बधाइ तथा कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे । उक्त अवसरमा राखेपका पूर्व उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिना, सचिव रामजीबहादुर […]

April 4, 2023

विश्व विद्यालय र विद्यालयका प्रतिनिधिसँग अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्वविद्यालय खेलकुद तथा विद्यालय खेलकुद प्रतियोगिता सम्वन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आगामी आर्थिक बर्ष प्रतियोगिता सन्चालन गर्ने सम्वन्धमा छलफल भएको परिषदका वोर्ड सदस्य प्रकाश कुसारीले बताएका छन् । त्रिभुवन, पूर्वान्चल, पोखरा, कृषि तथा बन विज्ञान विश्वविद्यालय, प्याव्सन, एनप्याव्सन, हिसान तथा सुरक्षा निकायबाट सन्चालन भएका विद्यालयका […]

April 4, 2023

पुष्पा र सञ्जयलाई सहारा हाफ म्याराथन उपाधि

हिमाल खरेल, बिर्तामोड सहारा हाफ म्याराथनको उपाधि महिलातर्फ एपिएफकी पुष्पा भण्डारी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुदब (साग) को म्याराथनमा रजत पदक जितेकी पुष्पाले चारपाने झापामा मंगलबार १ घन्टा २१ मिनेट १७ सेकेन्डमा दौड पूरा गर्दै हाफ म्याराथनको उपाधि जितेकी थिइन् । सन्जय निर्धारित दूरी १ […]

Success

Thank you for your time.