default_image

राष्ट्रिय खेलकुद परिषद्

August 19, 2020

थापा राखेप कार्यकारी समितिको सचिव

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले राष्ट्रिय खेलकुद परिष्द (राखेप)मा ७ सदस्यीय कार्यकारी समितिको व्यवस्था गरेको छ । जसको सचिवमा राखेप प्रशासन प्रमुख रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापा स्वतः कार्यकारी समितिको सचिवमा मनोनित भएका छन् । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले बुधबार थापालाई सचिवको […]

August 17, 2020

राखेपका ६ सदस्यले सपथ लिए

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) गत महिना नियुक्त ६ जना सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री तथा राखेप अध्यक्ष जगतबहादुर सुनार (विश्वकर्मा) ले ६ सदस्यलाई सपथ गराएका थिए । त्रिपरेश्वस्थित राखेपमा आयोजित सथप कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका […]

August 14, 2020

अनियमितताको छानविन गर्न राखेपलाई मन्त्रालयको निर्देशन

काठमाडौ (हाम्रो खेलकुद)– गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनका सामाग्री खरिद र व्यवस्थापनका विषयमा छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ । सागका लागि नेपाली टोलीको सामाग्री खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएसँगै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा शुक्रबार मन्त्रालयमो […]

August 12, 2020

राखेपमा खेलाडीको स्वाब संकलन

काठमाडौं (हाम्रो खेलकुद) – लायन्स क्लब अफ काठमाडौं मेल्भिन जोन्सको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)को संयोजनमा बुधबार ब्याडमिन्टन खेलाडीसहित अन्य खेलका खेलाडी, पदाधिकारी र कर्मचारीको [पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ । प्रशिक्षणमा रहेका ब्याडमिन्टनका खेलाडी र प्रशिक्षक गरी २० खेलाडी, कबड्डीका १५ जना, भलिबल, कराते, तेक्वान्दो, टेवल टेनिस, बक्सिङ र एथ्लेटिक्सका खेलाडीको […]

August 9, 2020

राखेप पदाधिकारीलाई बक्सिङ संघको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई आइतबार स्वागत तथा बधाइ ज्ञापन गरेको छ ।  उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए । उपाध्यक्ष […]

August 7, 2020

सिलवाललाई पहिले अवसर, अहिले चुनौति

क्रियटिभ भ्वाइस टीएस ठकुरी दक्षिण एशियाली राष्ट्रहरु सम्मिलित क्षेत्रीय खेलकुदको कुम्भ मेला १३औं दक्षिण एशियाली खेलकुद(साग)को स्थानीय आयोजकका नाताले नेतृत्व गर्न पाउनु रमेश सिलवालका निम्ति वास्तवमै ऐतिहासिक अवसर थियो । यस्तो अवसर जोकोहीलाई आउँदैन । सौभाग्यवश नेपालले राजनैतिक व्यवस्था परिवर्तन पिच्छे क्षेत्रीय खेल मेला आयोजनाको अवसर पाउँदै आएको छ । पञ्चायत, बहुदल र गणतन्त्र गरी […]

August 7, 2020

खवास र राईप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सहयाक प्रशिक्षकद्वय स्वर्गिय चित्रबहादुर खवास र रविनकुमार राईको सम्झनामा राखेपले शुक्रबार शोक सभा गरेको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाल, कर्मचारीलगायतले स्व. खवास र राईको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । तेक्वान्दोका खवास इलाम […]

August 3, 2020

राखेप बोर्ड सदस्य श्रेष्ठलाई ब्याडमिन्टनको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सुवास श्रेष्ठलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका छन् । श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन् । संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, ब्याडमिन्टन अम्पायर उदय अर्याललगायतले उनलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए […]

July 30, 2020

निरौलासहित ६ जना राखेप सदस्यमा मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेको भोलीपल्ट बिहीबार राखेप बोर्डमा ६ सदस्य मनोनति भएका छन् । ३७ सदस्यीय बोर्डका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले ६ जनालाई मनोनित गरेका हुन् । राखेप सदस्य सचिव सिफारिस समितिको सदस्य रहेका दुवै जना रिम रानाभाट र इन्दिरा निरौला सदस्य […]

July 30, 2020

सामूहिक नेतृत्वमा राखेप उपाध्यक्ष कोइरालाको जोड

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त उपाध्यक्ष शिव कोइराला ज्वालाले सामूहिक खेलकुद विकासका लागि सामूहिक नेतृत्वमा जोड दिएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट राखेपको उपाध्यक्षका रुपमा सपथ गरेसँगै उनले सामूहिकतामा राखेप अघि बढ्न सक्नेमा प्रण गर्ने बताएका थिए । सदस्य सचिव रमेशकुमार सिलवालले पनि सोही अवसरमा सपथ गरेका थिए । […]

Success

Thank you for your time.