September 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– देशले संविधान दिवस मनाइरहँदा नेपाली खेलाडी र खेलकुद क्षेत्रले भने अपमान महसुस गर्नुपरेको खेलाडीको अविभावक संस्था नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बताएको छ । संविधान दिवसका दिन शनिबार राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषण घोषणा हुँदा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का […]
September 19, 2020
प्रकाश तिमल्सिना, काठमाडौं सम्बन्धित विभागले सिफारिस नगरेको भए १३ औं दक्षिण एसियाली खेलकुद (साग) का औलामा गन्न सकिने स्वर्ण पदक विजेता खेलाडी पनि मानपदवीबाट बञ्चित हुने देखिएको छ । विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी) को सिफारिसमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका १५ खेलाडी विभिन्न मानपदवीबाट विभूषित भएका छन् […]
September 19, 2020
प्रकाश तिमल्सिना, काठमाडौं गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल संविधान दिवसका अवसरमा मान पदवी प्राप्त गर्ने सुचीमा समावेश गरिएका छन् । संविधान दिवसका दिन राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिन्छ । शनिबार घोषित […]
September 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । राखेपले भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी फेरबदल गरिएको जनाएको छ । आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि […]
September 10, 2020
पोखरा (हाम्रो खेलकुद) – नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरि १ सय १९ जनाको कोरोना विमा गरेको छ । विश्वमा महामारीको रुपमा कोरोना फैलिए सँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना विमा गराएको हो । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना […]
September 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश पर्वतीय खेलकुद महासंघको कार्यसमिति बैठकले बार्षिक कार्य योजना तयार पारेको छ । भर्चुअलमार्फत बसेको बैठकले बार्षिक कार्ययोजना पारित गरेको हो । बैठकले गत आर्थिक वर्षको कार्यक्रमको समिक्षा, आर्थिक प्रतिबेदन तथा सदस्य संघहरुको गतिविधि सम्बन्धि प्रस्ताव पारित गर्दै नयाँ ऐन अनुसार नेटवर्कको नाम परिवर्तन गरि ‘बागमती प्रदेश पर्वतीय खेलकुद महासंघ’ […]
September 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको छ । संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले पुरुष/महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बिमा गर्न लागिएको जानकारी गराए । शीर्ष १६ खेलाडीमा पुरुषतर्फ स्यान्टु श्रेष्ठ, प्रदिप रोक्का, शिवसुन्दर गोथे, विलोस श्रेष्ठ, मनि कुमार लामा, कृष्ण थापामगर, सुनिल महर्जन, एलेक्स […]
September 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीको अवस्था बुझ्नका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारी आइतबार उनको घर पुगेका छन् । संघका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट केसीको घर पुगेका थिए । सामाजिक दुरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिए […]
September 5, 2020
प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको अविभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६ दशक भन्दा लामो इतिहासको सबै भन्दा आकर्षक र कार्यकारी पद त्यसको सदस्य सचिव नै हो । यो अवधिमा २० भन्दा बढी राखेप सदस्य सदस्य सचिव बनिसकेका छन् । सदस्य सचिव मध्ये अहिले पनि सबैभन्दा बढी सफल कसैलाई मानिन्छ भने ती हुन्, स्वर्गिय […]
August 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएपछि गठन भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नै मातहतमा भएका काममा आर्थिक अनियमितता भएको भन्ने आरोपको छानविनका लागि समिति गठन गरेको छ । राखेपले बोर्डका सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा ५ सदस्य छानविन उपसमिति गठन गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले बुधबार भट्टराईलाई […]