default_image

5 years ago

August 14, 2020

अनियमितताको छानविन गर्न राखेपलाई मन्त्रालयको निर्देशन

215 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)– गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनका सामाग्री खरिद र व्यवस्थापनका विषयमा छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ ।

सागका लागि नेपाली टोलीको सामाग्री खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएसँगै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा शुक्रबार मन्त्रालयमो राखेपका पदाधिकारी र मन्त्रालयका उच्चपदस्थ कर्मचारीको बैठक भएको थियो ।

झन्डै ४ घन्टा सम्म चलेको बैठकमा ३ बुँदे निर्णय भएको मन्त्रालयका सहसचिव एवंम् प्रवक्ता रामबन्दु सुवेदीले जानकारी दिए । सञ्चारमाध्यममा विभिन्न खेलको सामान खरिद र व्यवस्थापनमा अनियमिता भएको समाचारका आधारमा मन्त्रालयले त्यसको छानविन र दोषीमाथि कारवाही गर्न मन्त्रालयले राखेप सदस्य सचिवलाई निर्देशन दिएको थियो ।

बैठकमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेशकुमार सिलवाल, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सह सचिव सुवेदी, भक्तबहादुर ढकाल, राखेप सदस्य सुवास श्रेष्ठ, राखेपका प्रशासन प्रमुख कुलबहादुर थापालगायत मन्त्रालयको अधिकृतहरुको उपस्थिति थियो ।

मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार खेल सन्चालन र व्यवस्थापनमा भएका कामजोरीका विषयमा संस्थागत र संरचनागत सुधारका लागि राष्ट्रिय खेलकुद ऐन २०७७ को मर्म अनुसार हुने गरि मस्यौदा तयार पारि सदस्य सचिवलाई राखेप बोर्डमा प्रस्तुत गर्न भनिएको छ ।

त्यस्तै भदौ १३ गते राखेपको ५७ औं वार्षिकोत्सव मन्त्रीपरिषद्को पछिल्लो बैठक, गृह मन्त्रालयको सुरक्षा निर्देशन र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सम्बन्धी निर्देशनलाई पालना गर्दै खेलका उपलब्धी, सम्भव भएसम्म रचनात्मक कार्यक्रम गरि गर्ने निर्णय भएको छ ।

छलफलमा मुख्यतः सागका लागि ब्याडमिन्टन खेलाडीको सामान खरिदमा व्यापक अनियमिता भएको भन्ने विषयमा चर्चा भएको बताइएको छ । राखेपले अब समिति बनाएरै छानविन अघि बढाउने बुझिएको छ । सोही विषयमा चर्चा गर्नका लागि राखेप सदस्यलाई बैठकमा बोलाइएको थियो ।

यसैबीच, ब्याडमिन्टनका राष्ट्रिय खेलाडीले सागका लागि खरिद भएको सामाग्रीमा भ्रष्चार भएको आशंकामा छानविन गर्न राखेपमा संयुक्त रुपमा उजुरी दर्ता गराएका छन् । खेलाडीलाई राखेपबाट उपलब्ध गराइएको पोशाक, जुत्ता, र्याकेट र अन्य सामाग्री अहिले सम्म नपाएको पनि खेलाडीको पनि खेलाडीले सोही उजुरीमा उल्लेख गरेका छन् । पाएका सामाग्री पनि गुणस्तरहिन रहेको बताइएको छ ।

साउनका १२ गते राखेप उपाध्यक्ष र सदस्य सचिवको नियुक्तीपछि पहिलो पटक मन्त्रालयमा औपचारिक बैठक बसेको थियो । मन्त्री विश्वकर्माले साउन १५ गते ६ जनालाई राखेप सदस्यमा नियुक्त गरेका थिए । राखेपको ३७ सदस्य बोर्डका लागि अझै १५ जनाको नियुक्ती हुन बाँकी छ । त्यस्तै ७ सदस्यीय राखेपको कार्यकारी समितिले समेत पूर्णता पाउन बाँकी छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.