default_image

corporate

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 5, 2024

अग्रवाल युवा मञ्चले खेल महोत्सव आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रवार सुरु हुने भएको छ । मारवाडी समुदायका खेलाडीले मात्र भाग लिन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ बताइएको छ। महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता […]

August 9, 2024

आरिफ र आसिफ टेक्नो मोबाइल ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद)- टेक्नो मोबाइलले क्रिकेटर दाजुभाइ आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । टेक्निका सिइओ अरिजित तलपात्रा तथा आसिफ र आरिफबीच बिहिवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।सम्झौता अवधि र रकम भने खुलाइएको छैन । टेक्नो मोबाइलका सिइओ तलपात्राले आरिफ र आसिफसँगको साझेदारीले उत्साहित रहेको बताए । उनले भने,’ हामी […]

June 5, 2024

शारीरिक सुगठन टोली माल्दिभ्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- चौधौं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स जाने भएको छ । जुन ६ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८० केजीमा कृष्णप्रसाद श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । कृष्ण नेपालमा गत वर्ष काठमाडौंमा भएको ५५ औं एसियाली शारीरिक सुगठनका कांस्य पदक‌ […]

April 21, 2024

क्लाउड फ्याक्ट्रीलाई‌ सुपर एक्स कर्पोरेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- क्लाउड फ्याक्ट्रीले सुपर एक्स कर्पोरेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाइनलमा आईएमई ग्रुपलाई १६ रनले पराजित गर्दै क्लाउड फ्याक्ट्रीले उपाधि जितेको हो। एरो सोलुसन अन्तर्गत रहेको गेटसेटगेम कम्पनीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा टस जितेर ब्याटिङ रोजेको क्लाउड फ्याक्ट्रीले तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित १० ओभरमा २ विकेट गुमाई १ सय २३ […]

April 9, 2024

नबिल बैंकलाई फारवेस्टर्न कर्पोरेट क्रिकेट उपाधि

महेन्द्रनगर (हाम्रो खेलकुद) – नबिल बैंक लिमिटेडले ‘फारवेस्टर्न कर्पोरेट क्रिकेट’ च्याम्पियनसिपको उपाधि जितेको छ । स्टार प्रोडक्सनले आयोजना गरेको फारवेस्टर्न कर्पोरेट क्रिकेट कप प्रतियोगिताको पाँचौं संस्करणको फाइनल खेलमा महेन्द्रनगर मा.वि. लाई ४ विकेटले पराजित गर्दै नबिल बैंकले च्याम्पियन बनेको हो। नबिल बैंकका नीरज भट्ट फाइनलको प्लेयर अफ द म्याच घोषित भएका थिए । गणेश बहादुर […]

July 16, 2023

स्की संघको अध्यक्षमा श्रेष्ठ यथावत्

काठमाडौं (हााम्रो खेलकुद)– नेपाल स्की संघको आइतबार बसेको पाँचौं साधारण सभाले अध्यक्षमा जीवनराम श्रेष्ठलाई निरन्तरता दिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका श्रेष्ठको को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । श्रेष्ठ स्की संघको गठन भएदेखि नै अध्यक्ष रहेका छन् । विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले उपाध्यक्षमा राजाबाबु […]

April 27, 2023

इन्द्रेणीको फिटनेस सेन्टर पुनः सन्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)– इन्द्रेणी स्विट होटलको फिटनेस एन्ड स्पा पुनः सन्चालनमा आएको छ । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट र कलाकार किरण केसीले फिटनेस एन्ड स्पाको बिहीबार उद्घाटन गरेका छन् । डेढ वर्ष अघि फिटनेस सेन्टरमा आगलानी भएको थियो । इन्द्रेणीका अध्यक्ष शम्भु श्रेष्ठले विगतमा भन्दा पनि सुविधाजनक फिटनेस र स्पा सेन्टर सुरु गरिएको जानकारी […]

March 31, 2023

आइपिएल डिस होमको आइटिभीमा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो प्रिमियर आइपीटिभी डिस होम आइटिभीमा विश्वकै चर्चित भारतीय प्रिमियर लिग (आइपिएल) एचडी क्वालिटीमा हेर्न सकिने भएको छ । डिस मिडिया नेटवर्कले पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गरेर आइपीटिभीको सेवा शुभारम्भ गरेको हो । नेपालको पहिलो प्रिमियम आइपीटिभी डीएच आइटिभी, डीटिएच र टेरेस्ट्रीएल भन्दा फरक प्रविधी […]

February 20, 2023

फुटबलरलाई गोतामेको बुट उपहार

काठमाडौं (हाम्रो खेलकुद)– रोजगारीको सिलसिलामा कतार बस्दै आएका चितवनका टेकप्रसाद गोतामेले राष्ट्रिय महिला फुटबल टोलीका केहि खेलाडीलाई फुटबल बुट हस्तान्तरण गरेका छन् । दशरथ रंगशालामा सोमबार गोतामेले ११ महिला खेलाडीलाई बुट हस्तान्तरण गरेका हुन् । भदौमा काठमाडौंमा आयोजना भएको साफ च्याम्पिनसिपको उपाधि जितेको भए आफूले २ लाख रुपैयाँ टोलीलाई दिने घोषणा गरेको जनाउँदै गोतामेले उपाधि […]

Success

Thank you for your time.