March 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण सुरु हुन झन्डै दुई साता बाँकी छ । धनगढीमा हुने डिपिएलको अहिले राजधानीमा चर्चा छ । भृकुटीमण्डपमाशुक्रबार सुरु भएको मेड इन नेपाल एक्स्पो–२०७४ डिपिएल २ को स्टलका कारण चर्चामा रहेको हो । एक्स्पोमा १ सय ४० स्टल छन् । अन्य स्टलमा भन्दा डिपिएल–२ […]
March 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत सातौं स्थानको प्ले-अफमा नेपाल नेदरल्यान्ड्स विरुद्ध ४५ रनले पराजित भएको छ । यस नतिजासँग नेपाल प्रतियोगितामा आठौं भएको छ । १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा १ सय ४४ बनाउँदै अलआउट हुन पुग्यो । नेपालको आज ब्याटिङ प्रदर्शन निकै […]
March 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय ‘टियु’ को ‘ए’ टिमले युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा टियुले डिएभी कलेजलाई ६ विकेटले पराजत गर्दै दोस्रो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो । डिएभीले दिएको १ सय ४२ रनको लक्ष्य टियुले १९ ओभर ३ बलमा ४ विकेट […]
March 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज सातौं स्थानको प्ले-अफमा नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८९ रन बनाउन सफल भएको छ । नेपालका लागि पेस बलर सोमपाल कामीले नेदरल्यान्ड्सलाई सुरुवातमा तीन झट्का दिएका थिए । […]
March 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपालले सातौं स्थानको प्ले-अफमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाली समयअनुसार सो खेल १.१५ बजे सुरु हुने छ । समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो । त्यस्तै नेपालले पनि समूह ‘बि’ […]
March 17, 2018
कोलोम्बो (एजेन्सी)– श्रीलंकामाथि २ विकेटको सनसनीपूर्ण जित निकाल्दै बंगलादेश टि ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको फाइनलमा पुगेको छ । बंगलादेशले आइतबार उपाधिका लागि भारतको सामना गर्नेछ । १ सय ६० रनको लक्ष्य पछ्याएको बंगलादेशले अन्तिम बल बाँकी रहँदा जित हासिल गरेको थियो । ओपनर तमिम इकवाल, मोहमदुल्ला र मुस्फिकर रहिमले ब्याटिङमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश घरेलु टोलीमाथि […]
March 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपालले सातौं स्थानको प्ले-अफमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । नेपाली समयअनुसार सो खेल १.१५ बजे सुरु हुने छ । समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो । त्यस्तै नेपालले पनि समूह ‘बि’ मा एक जित दर्ता गर्दै चौथो स्थानमा […]
March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ‘ए’ र डिएभी कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा टियुले कसमस कलेजमाथि सुपर ओभरमा ८ रनको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । कसमसले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गर्दै वेस्ट इन्डिजलाई १ सय ९७ रनमा रोक्न सफल अफगानिस्तानले ४७.४ ओभरमा लक्ष्य पुरा गर्दै विश्व कपमा स्थान बनाउने सम्भावना जीवित राखेको हो । समूह चरणमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि अफगानिस्तानको सुपर सिक्सको यात्रा […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी एक दिवसीय मान्यता सुनिश्चित गरेको छ । लिस्ट ‘ए’ क्रिकेट खेलिरहेको नेपालले अब ४ वर्षसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो सहभागिता जनाउने छ । नेपालले आज पपुवा न्यु गिनीलाई ६ विकेटले हराउँदै विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको प्ले-अफमा प्रवेश गरेको थियो । त्यस्तै अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि […]