default_image

Featured

February 2, 2017

झापा गोल्डकप: एनआरटीलाई हराउदै मनाङ सेमिफाइनलमा

दिपक बोहोरा झापा – लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । अन्तिम क्वार्टरफाइनलमा अर्को ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) माथि ४–० को एकतर्फी नतिजा निकाल्दै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङको जित सँगै झापा गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । मनाङको जितमा निराजन मल्लले २ […]

hemant

February 2, 2017

यू १६ का पूर्व कप्तान हेमन्तको मनाङबाट ‘डेब्यू’ को सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १६ का पूर्व कप्तान हेमन्त थापामगरले आज लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबाट ‘डेब्यू’गर्ने सम्भावना छ । झापामा जारी दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलमा मनाङले न्यू रोड टिम (एनआरटी)को सामना गर्दैछ । शनिबार पोखरामा सम्पन्न आहा रारा गोल्डकपमा नै टोलीमा समेटिएपछि हेमन्तले डेब्यू गर्न पाएका छैनन् । मनाङका […]

February 2, 2017

रमपम झापा गोल्डकप – मनाङ एनआरटीको सामना गर्दै

दिपक बोहोरा झापा– पछिल्लो तीन सातामा दुई उपाधि जितेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा न्यूराड टिम (एनआरटी) को सामना गर्दैछ । गत महिनको अन्त्यतिर टुबोर्ग हेटौडा गोल्डकपको फाइनल खेलेको मनाङ त्यसपछिका लगातार दुई साता सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप र पोखराको आहा रारा गोल्डकपको उपाधि जितेको थियो । शनिबार आयोजक […]

Ananta

February 2, 2017

अनन्त चोटपछि पुनरागमन गर्दै

सिमरा (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङ चोटमुक्त भएर दुई महिना विश्रामपछि मैदानमा फर्कदैछन् । रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उनी आयोजक नव जनजागृती युवा क्लबबाट खेल्दैछन् । अनन्तसंगै राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ पनि आयोजक टोलीबाट मैदानमा उत्रनेछन् । मलेसियामा कात्तिक अन्तिममा भएको एएपफसी सोलिडारिटी कपका दौरान उनको […]

February 2, 2017

सिटीको फराकिलो जित, युनाइटेड रोकियो

लन्डन (एजेन्सी)– गाब्रियल जेसुसले इङ्लिस फुटबलमा पहिलो गोल गरेको प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडाई ४–० ले हराएको छ । तर, गए रातीनै सिटीको सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेड भने हल सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । जितपछि सिटीले शीर्षस्थानको चेल्सीसँगको दुरीलाई छोट्याएको छ ।  १७ औं मिनेटमा केभिन डी ब्रुनेको गोलमा पास मिलाइ […]

February 2, 2017

टि ट्वान्टी सिरिज भारतको कब्जामा

बंगलोर (एजेन्सी)- भारतले अन्तिम टि ट्वान्टी क्रिकेटमा इङ्ल्यान्डलाई  ७५ रनले हराएको छ । तीनवटा टि ट्वान्टीको श्रृंखलामा भारतले २-१ले कब्जा गरेको छ। २ सय ३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले सम्पूर्ण विकेट गुमाउदै १सय २७ रन जोडेको थियो । युजभेन्द्र  चाहाल अन्तिम खेल तथा प्रतियोगिताकै उत्कृट खेलाडी चुनिए।  खेलको पहिलो ईनिंगमा टस हार्दै ब्याटिंगको निम्तो पाएको भारतले पुरा […]

February 1, 2017

आयोजक एपिएफ र न्यु डाइमन्ड महिला भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एपिएफ र न्यु डाइमन्ड सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बुधावार भएको पहिलो सेमिफाईनलमा चर्चित स्पाईकर प्रतिभा माली को उत्कृष्ट प्रदर्शनमा न्यु डायमण्डले पुलिसलाई २५–१९,१९–२५,२५–१६ र २५–१३ ले हरायो । वुमन अफ द म्याच बनेकी प्रतिभा मालीलाई नेपाल भलिबल संघका उपाध्यक्ष […]

February 1, 2017

कहाँ पुग्यो रुस्लान थ्री स्टारको मुद्दा ? खोइ छ करोड रुपैयाँ ?

बिक्रम आचार्य डिसेम्बरको घटना हो , छनोट चरण पार गरिसकेको रुस्लान थ्री स्टार क्लबले क्लब स्तरिय महादेसिय प्रतियोगिता खेल्न पाएन । अखिल नेपाल फुटबल संघ (एन्फा) को सचिवालयले एसियाली फुटबल महासंघ (एएफसी) को पत्राचार (इमेल) लाई वेवास्ता गरेको कारण सो प्रतियोगितामा थ्री स्टार घरमै बसेर मंगोलियको इर्चिम भने खेल्न जाने भयो । डिसेम्बरको घटना पछि […]

February 1, 2017

झापाको सेमिफाइनल यात्रामा मार्टिनको दुई गोल

दिपक बोहोरा झापा – आयोजक झापा ११ दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमलाल रंगशालामा बुधबार सुदूर पश्चिम स्र्पोटस क्लबलाई ४–० ले हराउँदै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । झापाको जितमा अजयी मार्टिन कयोडे ले दुई गोल गरे भने अर्को गोल बुद्ध चेम्जोङले गरेका थिए । अर्को गोल आत्मघाती भएको […]

February 1, 2017

सहारा एकेडेमी अक्षयकोषका लागि मात्र २४ लाख संकलन

पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चलको फुटबल विकासमा मात्र होइन सामाजिक काममा पनि उत्तिकै सक्रिय पोखराको सहारा क्लबले गत साता सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका दौरान सहारा एकेडेमी अक्षय कोषका लागि मात्र २४ लाख रुपैयाँ भन्दा बढी संकलन गरेको छ । क्लबले अक्षय कोषका लागि मात्र २४ लाख ३६ हजार ४ सय ३८ रुपैया संकलन […]

Success

Thank you for your time.