9 years ago
February 2, 2017
बंगलोर (एजेन्सी)- भारतले अन्तिम टि ट्वान्टी क्रिकेटमा इङ्ल्यान्डलाई ७५ रनले हराएको छ । तीनवटा टि ट्वान्टीको श्रृंखलामा भारतले २-१ले कब्जा गरेको छ। २ सय ३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले सम्पूर्ण विकेट गुमाउदै १सय २७ रन जोडेको थियो । युजभेन्द्र चाहाल अन्तिम खेल तथा प्रतियोगिताकै उत्कृट खेलाडी चुनिए।
खेलको पहिलो ईनिंगमा टस हार्दै ब्याटिंगको निम्तो पाएको भारतले पुरा २० ओभर खेल्दै २ सय २ रन बनाएको थियो । भारतका लागि तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका सुरेश रैनाले सर्बाधिक ६३ र चौथो नम्बरमा ब्याटिंग गर्न आएका धोनीले ५६ रनको योगदान गरेका थिए। छ विकेट गुमाएको भारतका लागि युवराज सिंहले २७, लोकेश राहुलले २२, हार्दिक पाण्डेयले ११, रिशव पन्तले ५ तथा कप्तान बिराट कोहलीले २ रन प्रहार गरेका थिए।
इंग्ल्यान्डकालागि मिल्स, प्लंकिट, जोर्डन र स्टोक्सले १-१ विकेट लिएका थिए।२०३ रनको लक्ष्य लिएर उत्रेको इंग्ल्यान्डको सुरुवातनै राम्रो हुन सकेन, ओपनर ब्याट्सम्यान बिल्लिंग खाता नखोली आउट भए। १६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १२७ रन बनाएको पाहुना टोलीका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंक छुन सके, इंग्ल्यान्डकालागि रूटले सर्वाधिक ४२, मोर्गनले ४० र रोयले ३२ रनको योगदान दिएका थिए। भारतकालागि चाहालले ६ विकेट लिए भने बुम्राहले तीन र मिश्राले १ विकेट लिए।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]