default_image

Featured

December 24, 2016

महिला भलिबलमा एपिएफको विजयी सुरुआत

विराटनगर (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार महिला भलिबलमा एपिएफले विजयी सुरुआत गरेको छ । इटहरीस्थित रंगशालामा भएको खेलमा उपाधि दाबेदार एपिएफले मध्यपश्चिमाञ्चलमाथि २५–१०,२५–७,२५–६ को सहज जित हासिल गरेको थियो । महिला भलिबलमा पाँच विकास क्षेत्र तथा तीन विभागिय गरि ८ टोलीको सहभागिता रहेको छ ।

Nepal Women Team Football

December 23, 2016

साफ च्याम्पियन महिला फुटबल टोलीको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाको महिला फुटबलमा नेपाल फाइनलको स्वभाविक दाबेदार हो । अघिल्ला तीनै संस्करणमा नेपाली टोली उपविजेता बनेर फर्केको थियो । फेरी एकपटक च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली शनिबार भारतको सिलगुढी यात्रामा निस्किदैछ । स्वभाविक छ, हरेक पटक जस्तै यसपटक पनि च्याम्पियन बनेर फर्कने लक्ष्यका साथ नेपाली टोली त्यहाँ पुग्दैछ । […]

ranjan-bista

December 23, 2016

राष्ट्रिय खेलकुदको पहिलो दिन एपिएफको दबदबा

दिपेन्द्र पोखरेल विराटनगर– सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको पहिलो दिन शुक्रबार सशस्त्र प्रहरी बल (एपिएफ) का लागि सुखद रह्यो । क्रिकेट र फुटबल दुवै खेलमा एपिएफले दोहोरो जित हासिल गरेको छ । चारै खेलमा एपिएफले शतप्रतिशत नतिजा हात निकालेको हो । महिला फुटबल महिला फुटबल अन्तर्गतको खेलमा बिभागिय डर्बीमा एपिएफले त्रिभुवन आर्मी क्लब लाई […]

bang3

December 23, 2016

सेन्ट्रल जोनमा भलिबलमा नेपाल पराजित, बंगलादेशको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा शुक्रबार नेपाल आयोजक बंगलादेशसँग ३–० को हार बेहोरेको छ । बिहीबार माल्दिभ्समाथि ३–१ सेटको जितमा उत्साहित बनेको नेपालले बंगलादेशलाई पनि कडा टक्कर दिएको थियो । तर, हरेक सेटको अन्त्य अन्त्यतिर टोली सम्हालिन नसक्दा नेपाल २५–२१,२५–२० र २५–२३ को सोझो सेटमा पराजित भएको थियो । […]

rekha-paudel APF women

December 23, 2016

महिला फुटबलमा आर्मिलाई हराउदै एपिएफ फाइनल प्रवेश

दिपेन्द्र  पोखरेल – दुहबी (हाम्रो खेलकुद) – सुनसरीको दुहबीमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबलको दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बल(एपिएफ)ले आर्मिलाई ३-० ले हराउदै फाइनल प्रवेश गरेको छ । शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबको सामना गर्नेछ । खेलको सुरुवातमा आफ्नो पकड जमाउन सफल एपिएफले १८ मिनेटमा रेखा पौडेलको गोलमा अग्रता लियो […]

December 23, 2016

तस्बिरमा सातौं राष्ट्रिय खेलकुदको उद्घाटन

दिपेन्द्र पोखरेल बिराटनगर – पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको छ  । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्या भण्डारीले औपचारिक सुरुवात गरे लगतै ‘पूर्वाञ्चलमा खेलकुद सातौं, विविधतामा रमाएर बाँचौ’ भन्ने नाराका साथ बिराटनगरमा प्रतियोगिताको औपचारिक सुरुवात भएको हो ।

opening

December 23, 2016

सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात

बिराटनगर (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको छ  । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्या भण्डारीले औपचारिक सुरुवात गरे लगतै ‘पूर्वाञ्चलमा खेलकुद सातौं, विविधतामा रमाएर बाँचौ’ भन्ने नाराका साथ बिराटनगरमा प्रतियोगिताको औपचारिक सुरुवात भएको हो । आगामी पुस १५ गतेसम्म चल्ने राष्ट्रिय खेलकुद पूर्वाञ्चलको विभिन्न शहरमा आयोजना हुनेछ । बिराटनगरमा राष्ट्रियपती […]

paras khadka

December 23, 2016

क्रिकेट: पहिलो खेलमा सशस्त्र प्रहरी बल विजयी

दीपेन्द्र पोखरेल (हाम्रोखेलकुद)- मोरङको बैझनाथपुर खेल मैदानमा जारी ७औ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रीकेटको पहिलो खेलमा सशस्त्र प्रहरी बल विजयी भएको छ। एपीएफले मध्य पश्चिमाञ्चलाई २६ रनले पराजित गरेको थियो। केही बेर अगी मात्र सम्पन्न भएको खेलमा मध्य पश्चिमाञ्चले टस जित्दै बलिङ गर्ने निर्णय लिएको थियो। सुरुमा ब्याटिङ गरेको एपिएफले पुर २० ओभर खेल्दै ४ […]

December 23, 2016

सेन्ट्रल जोन भलिबलमा नेपाल र आयोजक बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– सत्र बर्ष माल्दिभ्सलाई हराएको नेपाली भलिबल टोलीले बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा शुक्रबार अजना भएको आयोजक बंगलादेशको सामना गर्दैछ । बंगलादेशको ढाकामा जारी च्याम्यिनसिपमा नेपाल र बंगालदेशबीचको खेल स्थानिय समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । नेपालले पहिलो दिन माल्दिभ्सलाई ३–१ ले हराएको थियो । सन् १९९९ यता भलिबलमा नेपालले माल्दिभ्सलाई […]

December 23, 2016

निम्ता नपाएका पूर्व सदस्य सचिव लामा सातौं राष्ट्रिय खेलकुदको उद्घाटनमा नजाने

काठमाडौं (हाम्रो खेलकुद)– औपचारिक निमन्त्रणा प्राप्त नपाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामा सातौं राष्ट्रिय खेलकुदको उद्घाटनमा नजाने भएका छन् । पूर्वाञ्चलको विराटनगरमामा सातौं राष्ट्रिय खेलकुदको आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । अघिल्लो राष्ट्रिय खेलकुद खेलकुदका हर्ताकर्ता रहेका लामाले वर्तमान सदस्य सचिव केशबकुमार विष्टबाट औपचारिक निमन्त्रणा प्राप्त […]

Success

Thank you for your time.