default_image

Featured

December 22, 2016

नेपालले सेन्ट्रल जोन भलिबलमा माल्दिभ्सको सामना गर्दै

काठमाडौं (हाम्रो खलकुद)– बंगलादेशको ढाकामा आज सुरु भएको बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र माल्दिभ्सको खेल बंगलादेशको स्थानिय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ । इम रानाको कप्तानीमा रहेको नेपाली पुरुष टोली मंगलबार ढाका पुगेको थियो । टोली बुधबार केही समय अभ्यासमा बिताएको थियो । टोलीका प्रशिक्षक […]

December 22, 2016

बायर्न म्युनिखले लिपजिङसँगको अंक दुरी बढायो

म्युनिख (एजेन्सी)– निकटमत प्रतिद्वन्द्वि आरबी लिपजिङलाई ३–० ले हराउँदै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा ३ अंकको अग्रता लिएको छ । १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका लिपजिङलाई हारएपछि क्रिसमसअघि बायर्न शीर्षस्थानमा यथावत रहेको छ । समान ३६ अंक मा रहेको अवस्थामा बायर्न र लिपजिङबीच पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा भेट भएको थियो । थियागो अल्कान्टारा र […]

December 22, 2016

मेस्सी, नेयमार र स्वारेजविना बार्सिलोनाको फराकिलो जित

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका तीन ठूलो स्टार लियोनल मेस्सी, लुइस स्वारेज र नेयमार विना कापा डेल रेमा फराकिलो जित हासिल गरेको छ । आर्डा टुरानले ह्याट्रिक गरेपछि बार्सिलोनाले गए राती हर्कुलेसलाई ७–० ले हराएको छ । पहिलो लेग १–१ को बराबरीमा टुंगिएको थियो भने पछिल्लो जितपछि ८–१ को अग्रतासहित बार्सिलोना अन्तिम १६ मा पुगेको छ । […]

December 21, 2016

पुरुष फुटबलको उद्घाटनमा पुलिस र पूर्वाञ्चल भिड्ने

-सातौं राष्ट्रिय खेलकुद काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको बिहीबार हुने उद्घाटन खेलमा नेपाल पुलिस र पूर्वाञ्चल भिड्ने भएका छन् । सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । पुलिस […]

December 21, 2016

खेलाडीको मनोबल उच्च छ– भलिबल प्रशिक्षक भट्ट

काठमाडौं (हाम्रो खलकुद)– बंगलादेशको ढाकामा सुरु हुने बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको एक दिन अघि बुधबार नेपाली टोलीले अभ्यास गरेको छ । अभ्यास सन्तोषजनक रहेको जानकारी दिदै टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले फोनमा हाम्रो खेलकुदलाई भने,‘खेलाडीको मनोबल उच्च छ , जितको लक्ष्यका साथ कोर्टमा उत्रनेछौं ।’ नेपाली टोली मंगलबार राती ढाका पुगेको थियो । […]

December 21, 2016

पुलिस र एपिएफले बराबरी खेले, आर्मी पनि रोकियो

-सातौं राष्ट्रिय खेलकुद -सेमिफाइनलमा पुलिस र मध्यमाञ्चल तथा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुने काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार दुवै खेल बराबरीमा टुंगिएको छ । विभागिय डर्बीमा एपिएफ र नेपाल पुलिस क्लबले १–१ को बराबरीमा टुंगियो भने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र मध्यमाञ्चलले गोलरहित बराबरी खेले । सुनसरीको दुहबी रंगशालामा जारी […]

December 21, 2016

सेन्ट्रल जोन भलिबलमा नेपालको पहिलो खेल माल्दिभ्ससँग

काठमाडौं (हाम्रो खलकुद)– माल्दिभ्सविरुद्ध उत्रदै नेपालले बिहीबारबाट सुरु हुने बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमाको यात्रा सुरु गर्ने भएको छ । सुरुमा १२ भनिएपनि च्याम्पियनसिपमा ५ देशको मात्र सहभागित हुने भएको छ । च्याम्पियनसिपमा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, अफगानिस्तान र आयोजक बंगलादेशको मात्र सहभागिता रहेको  छ । बुधबार भएको ड्र अनुसार पहिलो खेल आयोजक बंगलादेश र […]

December 21, 2016

युवा क्रिकेट टोली श्रीलंकाबाट स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिता भाग लिएर नेपाली युवा क्रिकेट टोली मंगलबार राती स्वदेश फर्केको छ । सन्दीप लामाछिनेको नेतृत्वमा रहेको युवा टोलीले समूह चरणका तीनमध्ये अन्तिम खेल जितेको थियो । प्रतियोगिताको महिना दिन भित्रमा देशका ६ ठाँउमा खेलाडी छनोट गर्दै टोली तयार पारेको नेपालले दुई खेलमा हार बेहोरेपनि अपेक्षा […]

December 20, 2016

क्यानको निर्वाचित समितिको साधारण सभा सम्पन्न, सिओओ लामा पद मुक्त

काठमाडौं (हाम्रो खेलकुद)– देश भित्र र बाहिरका सम्बन्धित निकायबाट पछिल्लो एक बर्षमा कुनै साथ समर्थन नपाएपनि नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले मंगलबार पाँचौं साधारण सभा गरेको छ । रक्षामन्त्री बालकृष्ण खाँडले उद्घाटन गरेको क्यानको साधारण सभा तीन वटा निर्णय गर्दै सम्पन्न भएको छ । निर्वाचित कार्यसमितिलाई शसक्त बनाई संस्थागत विकास गरि क्रिकेट खेल […]

December 20, 2016

टेस्ट क्रिकेटमा कीर्तिमान तिर अघि बढ्दै भारत

चेन्नाई (एजेन्सी)– भारतीय क्रिकेट टोलीमा अहिले सम्मकै उत्कृष्ट बन्ने सम्भावना रहेको मुख्य प्रशिक्षक अनिल कुम्बलेले बताएका छन् । टेस्ट क्रिकेटको शीर्ष वरियतामा रहेको भारतले मंगलबार इङ्ल्यान्डलाई पाँचौं तथा अन्तिम टेस्टमा १ इनिङ र ७५ रनले हराएपछि कुम्बलेले यस्तो प्रतिक्रिया दिएका हुन् । मंगलबारको जितसँगै ५ टेस्टको श्रृखंलामा भारत ४–० ले विजयी भएको छ । पहिलो […]

Success

Thank you for your time.