default_image

General

January 11, 2021

पोखरा म्याराथन फागुनमा, महिला हाफ म्याराथन पनि समावेश

पोखरा (हाम्रो खेलकुद) – नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवार हुने भएको छ । मञ्चले सोमवार पत्रकार सम्मेलन गर्दै यसवर्षदेखि म्याराथनसँगै महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समावेश गरिएको जानकारी गराए । पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको […]

January 11, 2021

ब्याडमिन्टन खेलाडीलाई पोशाक

काठमाडौं (हाम्रो खेलकुद) – रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका प्रमुख बिनोद कुमार बम्जनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको पहलमा उक्त सहयोग उपलब्ध गराईएको हो । ब्याडमिन्टन खेलाडी समेत रहेका बम्जन विभिन्न समाज सेवामा समेत कार्यरत रहेका छन् । […]

January 11, 2021

राखेप कर्मचारी पौडेल खाली हात बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रचार शाखामा कार्यरत कर्मचारी चन्द्र प्रसाद पौडेललाई प्रचार प्रसार शाखा कर्मचारी परिवारले बिदाई गरेका छन् । सेवा निबृत्त हुन लागेका पौडेललाई शाखा प्रमुख दुर्गा प्रसाद दुलालले कदर पत्र प्रदान गर्दै बिदाई गरेका हुन् । यस्तै शाखाका अन्य कर्मचारीहरुले पौडेललाई मायाको चिनो सहित खादा ओडाएर सम्मानका साथ बिदाई […]

January 10, 2021

ब्याडमिन्टन खेलाडीलाई सिल्क ग्रुपको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपले २२ खेलाडीसहित २५ सदस्यीय ब्याडमिन्टन टोलीलाई केल्मीको ज्याकेट आइतबार प्रदान गरेको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठको पहलमा खेलाडीलाई सिल्क ग्रुपले सहयोग गरेको हो । सिल्क ग्रुपका चेयरम्यान रमेश शेर्पा र प्रमुख कार्यकारी अधिकृत कल्याण सिलवालले एक कार्यक्रमबीच ज्योकट हस्तान्तरण गरे […]

January 10, 2021

मन्डेकाजीलाई जिताउन आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला खेलकुद विकास समिति भक्तपुरले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाईस अवार्डको मनोनयनमा परेका कराँतेका मन्डेकाजी श्रेष्ठलाई जिताउन आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष श्रीभक्त कासिछवाको संयोजकत्वमा संकलित २ लाख रुपैया आइतबार मन्डेकाीलाई हस्तान्तरण गरिएको हो । श्रीभक्त कासिछवा, किरण थापा, बिज्ञान राई, रोमन सिलाकार, पुर्ण लिम्बु, यादव राई, […]

January 8, 2021

पविन र पेम्वाको जोडी फाइनलमा

झापा (हाम्रो खेलकुद) – संखुवासभाका पविन लिङ्थेप र सोलुखुम्बुका पेम्वा शेर्पा र पाँचथरका एसिया जवेगु र दिवस शंकरको जोडी दोस्रो संस्करणको प्रदेश एक स्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सको फाइनलमा प्रवेश गरेका छन् । एसिया र दिवसको जोडीले मेची ब्याडमिन्टन क्लबका सुजन श्रेष्ठ र प्रनिस सिंह ठकुरीको जोडीलाई २१–१६, १४–२१ र २१–१८ ले पराजित गर्दै उपाधिनजिक […]

January 7, 2021

झापामा प्रदेश एक स्तरीय ब्याडमिन्टन शुरु

झापा (हाम्रो खेलकुद) – झापाको मेचीनगरमा बिहीबारदेखि दोस्रो संस्करणको प्रदेश एक स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले उद्घाटन गरेको प्रतियोगिताको पहिलो दिन प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । दोस्रो दिन क्वाटरफाइनल र सेमिफाइनलका खेलहरुमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पुरुष डबल्सको क्वाटरफाइनलमा सुजन श्रेष्ठ प्रनिस सिंह ठकुरीको […]

January 7, 2021

रुस्लान फुटबल स्पोर्ट्स अवार्डको सह–प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित बजाज पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा पनि रुस्लान फुटबल सह–प्रायोजकको रुपमा जोडिएको छ । रुस्लान फुटबल लगातार पाँचौ वर्ष अवार्डसँग सह–प्रायोजकको रुपमा जोडिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र जावालाखेल ग्रुप अफ इन्डष्ट्रिजका कार्यकारी निर्देशक ससिन जोशीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गर्दै […]

January 6, 2021

भलिबलबाट उत्कृष्ट २४ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले नयाँ प्रतिभावन खेलाडी छनोट कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलबाट उत्कृष्ट २४ खेलाडी छनोट गरेको छ । सानले समान १२–१२ पुरुष/महिला खेलाडी छनोट गरेको भलिबल प्रशिक्षक जगदीश भट्टले जानकारी गराए । उनले खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ […]

January 6, 2021

झापामा ब्याडमिन्टन अम्पायर कार्यशाला

झापा (हाम्रो खेलकुद) – मेची ब्याडमिन्टन क्लबकोे आयोजनामा झापा जिल्लास्थित काँकडभिट्टामा आयोजना हुन लागेको प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको अवसर पारेर ब्याडमिन्टन अम्पायर कार्यशाला गोष्ठि सम्पन्न भएको छ । झापा जिल्लाको ६ पुरुष र २ महिला गरी ८ जना अम्पायरलाई नेपालका बरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल र ब्याडमिन्टन एसियाका अम्पायर सुमित शाक्यले प्रशिक्षण दिएका थिए […]

Success

Thank you for your time.