5 years ago
January 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला खेलकुद विकास समिति भक्तपुरले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाईस अवार्डको मनोनयनमा परेका कराँतेका मन्डेकाजी श्रेष्ठलाई जिताउन आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

समितिका अध्यक्ष श्रीभक्त कासिछवाको संयोजकत्वमा संकलित २ लाख रुपैया आइतबार मन्डेकाीलाई हस्तान्तरण गरिएको हो । श्रीभक्त कासिछवा, किरण थापा, बिज्ञान राई, रोमन सिलाकार, पुर्ण लिम्बु, यादव राई, दिल्ली बराइली, वेभ ग्रुप, स्वनिग बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कल्पबृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मन्डेलाई जिताउन रकम सहयोग गरेका हुन् ।
मन्डेकाजी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का दोहोरो स्वर्णधारी खेलाडी हुन् । उनीसँगै पिपल्स च्वाइस विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठ मनोनयनमा परेका छन् ।
ई–सेवाबाट प्राप्त गरेको भोट, फेसबुक लाइक तथा राष्ट्रिय खेलका प्रशिक्षक र खेल पत्रकारको भोटका आधारमा मनोनयनमा परेका मध्ये एक जनाले अवार्ड जित्नेछन् । अवार्ड कार्यक्रम २८ पुस अर्थात मंगलबार आयोजना हुदैछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]