default_image

अन्तर्राष्ट्रिय

July 16, 2017

इङ्ल्यान्डलाई यु -१९ युरोपियन च्याम्पियनसिप उपाधि

जर्जिया (एजेन्सी)– इङ्ल्यान्डले यु १९ युरोपियन च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । पोर्चुगललाई २–१ ले हराउँदै इङ्ल्यान्डले जर्जियामा सम्पन्न यु १९ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । उमेर समूहको प्रतियोगितामा इङ्ल्यान्डले दुई महिनामा जितेको यो तेस्रो उपाधि हो । लुकास मेचाको निर्णायक गोलमा इङ्ल्यान्ड उपाधि जित्न सफल भएको हो । खेलको ५० औं मिनेटमा एस्टन […]

July 15, 2017

सेमेडो बार्सिलोनामा आबद्ध

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगलको राष्ट्रिय टोलीको सदस्य डिफेन्डर नेल्सन सेमेडोलाई ३० मिलियन पाउण्ड खर्च गरेर अनुबन्धन गरेको छ। अहिलेसम्म ६ पटक राष्ट्रिय टोलीको जर्सी पहिरिएका सेमेडोले कन्फेडेरेसन कपमा पनि सहभागिता जनाएका थिए। २३ वर्षीय डिफेन्डर सेमेडोले यसअघी बेनफिकाबाट व्यवसायिक फुटबल खेल्दै आएका थिए। उनले बार्सिलोनासँग ५ वर्षको सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। उनको आगमनसँगै […]

Walker

July 15, 2017

महंगा डिफेन्डर बन्दै वाल्कर म्यानचेस्टर सिटीमा आबद्ध

म्यानचेस्टर (एजेन्सी)– टोटेनह्यामबाट म्यानचेस्टर सिटी पुगेका कायल वाल्कर सबै भन्दा महंगा डिफेन्डर बनेका छन् । सिटीले टोटेनह्यामलाई वाल्करका लागि ५० मिलियन पाउण्ड खर्चेको छ । विभिन्न ‘एड अन’ साथ सिटी पुगेका वाल्करको रकम ५३ मिलियन सम्म पुग्न सक्ने सम्भावना छ । एड अन सहित ५३ मिलियन पाउण्डको मूल्य बराबरका वाल्करले यसघि चेल्सीबाट पिएसजी जाँदा डिभिड […]

July 14, 2017

‘रोनाल्डोले ब्यालन डी’ओर जित्छन्’ – बार्सिलोनाका जेरार्ड पिके

एजेन्सी – बार्सिलोनाका स्टार डिफेन्डर जेरार्ड पिकेले यस वर्षको ब्यालन डी’ओरको उपाधि रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले जित्ने अभिव्यक्ति दिएका छन्। उनले कतारी च्यानलसँगको अन्तर्वार्ताका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन्। रोनाल्डोले व्यक्तिगत रुपमा टोलीलाई ठुलो सफलता हात पर्न सहयोग गरेका हुनाले उनले उपाधि जित्नेमा शंका नरहेको बताए। ‘ रोनाल्डोले यस सिजन च्याम्पियन्स लिग र ला […]

July 13, 2017

एभर्टनबाट डेब्युमै रुनीको विश्वस्तरीय गोल

एजेन्सी – गतसाता मात्र म्यानचेस्टर युनाइटेड बाट एभर्टन पुगेका वायन रुनीले आफ्नो डेब्यु खेलमै उत्कृष्ट गोल गर्दै आफ्नो दोश्रो पटकको एभर्टन यात्राको सुरुवात गरेका छन्। केन्याली च्याम्पियन गोर माहियासँग तान्जानियाको रंगशालामा खेलिएको खेलमा रुनीले करिब ३० यार्ड टाढाबाट खेलको पहिलो गोल गरेका थिए। प्रि-सिजनको खेलमा व्यस्त रहेको एभर्टनसँग रुनी नयाँ सिजनको तयारीमा लागेका छन्। रुनीले […]

July 13, 2017

बार्सिलोनाको प्रशिक्षक बन्ने जाभीको सपना

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका पूर्व कप्तान जाभी हर्नान्डेजले कुनै दिन क्लबको प्रशिक्षक बन्ने आफ्नो सपना रहेको बताएका छन् । खेल जीवनको लामो समय बार्सिलोनामा बिताएका जाभीले कतारमा व्यवसायिक खेल जीवन टुंगाएपछि मात्र प्रशिक्षणका बारेमा सोच्ने पनि प्रष्ट पारेका छन् । ६ देखि १५ बर्षसम्मका बच्चाहरुका लागि राखिएको फुटबल क्याम्पका दौरान अल सादका मिडफिल्डरले एक स्पेनिस दैनिकलाई […]

July 13, 2017

‘अर्को रोनाल्डो’ भनिएका जानुजाज सोसिडाड पुगे

एजेन्सी – म्यानचेस्टर युनाइटेडमा सन् २०११बाट अनुबन्धित भएका बेल्जियन मिडफिल्डर अदनान जानुजाज ६ वर्षको उतारचढावले भरिपूर्ण युनाइटेडसँगको सम्बन्धलाई तोड्दै रियल सोसिडाड पुगेका छन्। १८ वर्षको उमेरमै सर एलेक्स फर्गुसनले युनाइटेडको सिनियर टिममा राखेका जानुजाजले रोनाल्डोका उत्तराधिकारीका रुपमा हेरिएको थियो। रियल सोसिडाडले ९.८ मिलियन पाउण्ड तिरेर जानुजाजलाई क्लबमा भित्र्याएको हो। सन् २०१३मा युनाइटेडको सिनियर टिमबाट डेब्यु […]

July 13, 2017

बार्सिलोनाको प्रि-सिजन खेल तालिका

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपमा युभेन्सटको सामना गरेर यस सिजनको प्रि-सिजन खेलको सुरुवात गर्नेछ। पहिलो खेलमा युभेन्टसपछि दोस्रो खेलमा बार्साले म्यानचेस्टर युनाइटेडको सामना गर्ने छ भने प्रतियोगिताको अन्तिम खेलमा चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडको सामना गर्नेछ । बार्सिलोनाले पहिलो खेल जुलाई २२ मा युभेन्टससँग न्यू जर्सीमा खेल्नेछ भने मेरील्याण्डमा जुलाई २६मा म्यानचेस्टर युनाइटेडको सामना […]

July 13, 2017

रियल म्याड्रिडको प्रि-सिजन खेल तालिका

म्याड्रिड (एजेन्सी) – स्पेनिस च्याम्पियन रियल म्याड्रिड नयाँ सिजनको तयारीका लागि हाल प्रि-सिजनको खेल खेल्न अमेरिकामा छ। इन्टरनेसनल च्याम्पियन्स कपमा रियलले तीन खेल खेल्नेछ भने त्यसबाहेक अमेरिकामा नै स्पेनिस च्याम्पियनले एमएलएस अल स्टार्ससँग मैत्रीपूर्ण खेलमा पनि सहभागिता जनाउनेछ । रियल म्याड्रिडले क्यालिफोर्नियामा हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ भने उक्त प्रतियोगितामा रियलले म्यानचेस्टर सिटी र […]

July 12, 2017

रोनाल्डोले प्रि-सिजनमा रियलबाट नखेल्ने

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले अमेरिकामा हुने प्रि-सिजनका खेलका लागि घोषणा गरेको २६ सदस्यीय टोलीमा फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाम रहेको छैन। गत महिना सम्पन्न फिफा कन्फेडेरेसन कपमा पोर्चुगलको राष्ट्रिय टोलीको कप्तान रहेका रोनाल्डो हाल परिवारसँग बिदा मनाउँदै छन्। भर्खरै जुम्ल्याहा सन्तानका पिता बनेका रोनाल्डोले कम्तिमा १ महिना आराम गर्ने बताएका थिए। उनले आगामी अगष्ट […]

Success

Thank you for your time.