default_image

lokpriya

August 5, 2019

एभीसी सेन्ट्रल जोन : १४ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनमा यहि भाद्र २ देखि ७ गतेसम्म एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता हुँदैछ । लगनखेलस्थित आर्मीको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् । एभीसी एसियन […]

August 5, 2019

‘नेपाल तेक्वान्दो संघ एकमात्र अधिकारिक संघ’ – डब्लूटी अध्यक्ष चोए

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो महासंघका अध्यक्ष चुङवन चोएले नेपाल तेक्वान्दो संघ अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपालको एकमात्र तेक्वान्दो संघ रहेको स्पष्ट पारेका छन् । अध्यक्ष चोएले सोमबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघ परिसरमा विश्व तेक्वान्दोको क्षेत्रीय प्रशिक्षण केन्द्र उद्घाटन गर्ने क्रममा संचारकर्मी माझ तेक्वान्दो संघको वैधानिकतालाई लिएर विश्व तेक्वान्दो महासंघको धारणा प्रस्तुत गरेका हुन् । […]

August 5, 2019

बार्सिलोनाको उद्दारमा सुआरेज

एजेन्सी – बार्सिलोनाले आइतबार राती आर्सनललाई पराजित गर्दै जोआन गाम्पर ट्रफीमाथि कब्जा जमायो । बार्सिलोनाको २-१ को जितमा लुइस सुआरेजले इन्ज्युरी समयमा विजयी गोल गरेका थिए । आर्सनलविरुद्ध सुआरेज ६५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । उनी मैदान प्रवेश गर्दा आर्सनल १-० को अग्रतामा थियो । उनले पहिलो गोलको लागि संघर्ष […]

August 5, 2019

एनओसी कार्यसमिति अब १९ सदस्यीय , गल्फले मान्यता पायो

प्रकाश तिमल्सिना काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यसमिति अब १९ सदस्यीय हुने भएको छ । एनओसीको सोमबार बसेको विशेष साधारण सभाले विधान संसोधन गर्दै १७ बाट बढाएर १९ सदस्यीय बनाउने निर्णय गरेको छ । सञ्चारमाध्यामलाई जानकारी नदिइ गरिएको विशेष साधारणले उपाध्यक्ष ४ बाट ५ पु¥याउने र ३ सचिव थप्ने निर्णय गरेको छ । […]

August 5, 2019

एनओसी निर्वाचन अर्को महिना

प्रकाश तिमल्सिना काठमाडौं – नेपालमा आयोजना हुने १३ औं दणिण एसियाली खेलकुद (साग) अघि नै नेपाल ओलम्पिक कमिटी (एनओसी) मा नयाँ नेतृत्व आउने भएको छ । आजको ठिक महिनापछि एनओसी कार्यसमितिको को निर्वाचन हुने भएको छ । एनओसीको सोमबार बसेको बोर्ड बैठकेले भदौं २० गते निर्वाचन गर्ने निर्णय गरेको छ । एनओसीका सहायक महासचिव राजीव […]

August 5, 2019

टिसीको बराबरीमा विमलको गोल

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको शीर्ष श्रेणी लिग धिवेहि प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा नेपाली फरवार्ड विमल घर्तीमगरले गोल गरेका छन् । टिसी स्पोर्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका विमलले शीर्षस्थानमा रहेको डा ग्रान्ड विरुद्ध १-१ को बराबरीमा गोल गरे । पहिलो हाफमा विमलको गोलमा टिसीले अग्रता बनाएको थियो । उनले पेनाल्टी क्षेत्रभित्र पाएको कटब्याक पासलाई […]

August 5, 2019

भारतलाई एक खेल अगावै टि२० सिरिज

एजेन्सी – वेस्टइन्डिजलाई दोस्रो टि२० मा पराजित गर्दै पाहुना टोली भारतले तीन खेलको टि२० सिरिज जित पक्का गरेको छ । आइतबार राती डकवर्थ लेविस (डिएल) पद्दति आधारमा २२ रनले विजयी हुँदै भारतले सिरिज जितेको हो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.३ ओभरमा ९८-४ को अवस्थामा खेल वर्षाले रोकिदा नतिजा डिएलमा […]

August 5, 2019

टोरन्टो विजयी, सन्दीपले प्रदर्शन सुधारे

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रदर्शन सुधार गरेको खेलमा टोरन्टो नेस्नल्सले मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर फिल्डिङ रोजेको टोरन्टोले मोन्टरियललाई २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रनमा रोक्न सकेको थियो । ओपनर काइल कोट्जरले २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । […]

August 4, 2019

हङकङमा नेपालीबीच ब्याडमिन्टन

काठमाडौं (हाम्रो खेलकुद) – हङकङ नेपाली ब्याडमिन्टन संघको आयोजनामा भएको पाँचौं खुला मेन्स डबल्समा हेमराज राई जोडी र राजन काउचा तथा गणेश राई र राजकुमार राईको जोडी विजयी भएको छ । समूह ‘क’को फाइनलमा हेमराज र राजनको जोडीले विरेन थापा र नन्द चाड्सुलाई हराएको थियो । समूह ‘बी’को फाइनलमा गणेश र राजकुमारको जोडीले इन्द्रहाड राई […]

August 4, 2019

क्विक्स कप फुटबल – डाफोडिल स्कुल विजयी

काठमाडौं (हाम्रो खेलकुद)– क्विक्स कप अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको ग्रुप डी को खेलमा डाफोडिल बोर्डिङ स्कुल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा डाफोडिलले भ्याली पब्लिक स्कुललाई २–० ले पराजित गरेको थियो । यहि समूहमा पहिलो खेलमा डाफोडियलले माउन्ड ओलिभ स्कुललाई हराएको थियो । भ्याली पब्लिकले भने पहिलो चरणमा बाई पाएको […]

Success

Thank you for your time.