default_image

6 years ago

August 5, 2019

‘नेपाल तेक्वान्दो संघ एकमात्र अधिकारिक संघ’ – डब्लूटी अध्यक्ष चोए

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो महासंघका अध्यक्ष चुङवन चोएले नेपाल तेक्वान्दो संघ अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपालको एकमात्र तेक्वान्दो संघ रहेको स्पष्ट पारेका छन् ।

अध्यक्ष चोएले सोमबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघ परिसरमा विश्व तेक्वान्दोको क्षेत्रीय प्रशिक्षण केन्द्र उद्घाटन गर्ने क्रममा संचारकर्मी माझ तेक्वान्दो संघको वैधानिकतालाई लिएर विश्व तेक्वान्दो महासंघको धारणा प्रस्तुत गरेका हुन् । ‘ विश्व तेक्वान्दो महासंघ ओलम्पिक मान्यता प्राप्त एकमात्र महासंघ हो । हामीले नेपालमा नेपाल तेक्वान्दो संघलाई नै आधिकारिकता दिएका छौं । हाम्रो सम्पूर्ण कार्यक्रम यसै संघमार्फत आउने गर्दछ,’ उनले भने ।

विश्व तेक्वान्दो महासंघले विश्वभर रहेका केन्द्रीय तथा क्षेत्रीय प्रशिक्षण केन्द्रमध्य १२ औं केन्द्र नेपालमा स्थापना गरेको छ । अध्यक्ष चोएले सोमबार उक्त केन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यसअघि चीन, अजरबैजान, उज्बेकिस्तान, इरान, चीन, जर्मनी, बेलायत, कोरिया, क्रोएसिया र इटालीमा पनि प्रशिक्षण केन्द्र स्थापना भएका छन् ।

‘हामीले अब विश्व तेक्वान्दोमार्फत नै विभिन्न प्रशिक्षणका कार्यक्रम आयोजना गर्ने बाटो खुलेको छ । नेपाल तेक्वान्दो संघ आफैंले पनि अब विश्व स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्न सक्नेछ । यसले नेपाली तेक्वान्दोको विकासमा टेवा पुर्याउने हाम्रो विश्वास रहेको छ,’ उनले थपे ।

अध्यक्ष चोएले शनिबार नेपाल तेक्वान्दो संघको तेक्वान्दो केयर्स नामक कार्यक्रमको उद्घाटन गर्नुका साथै सम्मान कार्यक्रममा सरिक भएका थिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.