default_image

मार्सल आर्टस्

June 16, 2023

एसियाडका लागि ११ तेक्वान्दो खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुदका लागि ११ तेक्वान्दो खेलाडी छनोट भएका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार भएको छनोटमा महिलातर्फ ५ र पुरुषतर्फ ६ खेलाडी छनोट भएका हुन् । महिलातर्फ पुम्सेमा स्वस्तिका तामाङ तथा ग्यरोगीतर्फ अन्जली तामाङ ४९ केजी मुनी, आयसा लामा ५३ केजी मुनी, संध्याकुमारी सिंह ५७ केजी […]

June 14, 2023

दाजु बहिनी इन्द्र र देवकीसँगै ८ जुडो खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – दाजु बहिनी इन्द्र बहादुर श्रेष्ठ र देवकी श्रेष्ठसँगै जुडोका ८ खेलाडी चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएका छन् । नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यका अनुसार पुरुष र महिलामा […]

June 14, 2023

नेपाल वारियर्स च्याम्पियनसिप शुक्रबार हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वारियर्स च्याम्पियनसिप २०२३ यहि शुक्रबार काठमाडौंमा हुने भएको छ । भारत र नेपालका १४ खेलाडी सहभागी हुने मिक्स मार्सल आर्ट च्याम्पियनसिपका लागि सबै खेलाडी नेपाल आइसकेका छन् । च्याम्पियनसिपमा ५ एमेच्योर फाइट र २ प्रोफेसनल फाइट हुनेछ । प्रोफेसनल फाइटमा नेपालका लागि रविन्द्र ढाँट र मन्दिप रानामगरले प्रतिस्पर्धा गर्नेछन् । […]

June 12, 2023

राष्ट्रिय कुराँशमा लुम्बिनी च्याम्पियन

धरान (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन बनको छ । धरानमा आइतबार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ९ कास्य पदकसहित लुम्बिनी च्याम्पियन भएको हो । नेपाल कुराँश संघको आयोजनामा भएको प्रतियोगितामा विभागीय टोली नेपाली सेना दोस्रो भयो । आर्मीले ४ स्वर्ण र ३ रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश ३ […]

June 11, 2023

पुनमलाई एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा कांस्य

काठमाडौं (हाम्रो खेलकुद) – साग स्वर्णधारी पुनम श्रेष्ठले बिसकेक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा आइतबार कांस्य जितेकी छन् । किर्गिस्तानको बिस्केकमा भएको महिला ७० केजीमुनिको प्रतिस्पर्धामा पुनमले रिपाचेमा किर्गिस्तानकी गुल्नुरलाई पराजित गरी कांस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा पुरुष ६६ केजीमुनि सहभागी इन्द्रबहादुर श्रेष्ठ दोश्रो चरणमा किर्गिस्तानसंग पराजित भए […]

June 11, 2023

मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक च्याम्पियन

हिमाल खरेल , बिर्तामोड झापाको बिर्तामोडमा भएको प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । सातवटा प्रदेश र आयोजक समिति गरी आठ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो । आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहका अनिष उप्रेती, […]

June 9, 2023

मन्देकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी तथा हाल प्रशिक्षक रहेका मन्दे काजी श्रेष्ठ सम्मानित भएका छन् । नवौं उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिता –२०८० अन्तरगत केन्द्रिय शाखा डोजोद्वारा आयोजित प्रतितियोगिता दौरान उनलाई शुक्रबार सम्मानपत्रले सम्मान गरिएको हो । उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचीव टंक लाल […]

June 9, 2023

कराते महासंघको दोहोरो अस्तित्व ब्युत्याउने खेल – एसियाडका लागि अलग छनोट

प्रकाश तिमल्सिना, काठमाडौं नेपाल कराते महासंघको दोहोरो अस्तित्वलाई पूनः ब्युत्याउने खेल सुरु भएको छ । झण्डै अढाई महिना अघि चितवनको साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामासहित २० सदस्यीय कार्यसमितिको चयन गरेको थियो । त्यसका वावजुद अर्को समूह पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको महासंघलाई पून क्रियासिल गराउने प्रयासमा लागेको छ । […]

June 6, 2023

जुडो टोली किर्गिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद) – एसिया ओपन बिस्केक जुडो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ५ सदस्यीय नेपाली जुडो टोली बुधबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्ने भएको छ । जुन ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा समान एक पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ७० केजीमुनि पुनम […]

June 4, 2023

आयोजक टिका भैरव टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टिका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजो छैटौं राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । टिका भैरवले ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै उपाधिमाथि कब्जा जमाएको हो । गोदावरी नगरपालिका वडा ६ स्थित टिका भैरव मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा १ स्वर्ण र २ रजतसाथ ठेचो […]

Success

Thank you for your time.