default_image

मार्सल आर्टस्

July 15, 2023

लामाको नेतृत्वमा महासंघ टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते फेडेरेसन (एकेएफ) का प्रतिनिधिसँग नेपाल कराते महासंघ (एनकेएफ) का अध्यक्ष युवराज लामाको टोलीले अर्को साता मलेसियामा भेट गर्ने भएको छ । एनकेएफको पछिल्लो ५ वर्षको प्रक्रियासँग पछिल्लो निर्वाचनलगायत सबै विषयमा डब्लुकेएफ र एकेएफलाई जानकारी गराउने भ्रमणको उद्देश्य रहेको महासंघका अध्यक्ष लामाले जानकारी दिए । […]

July 14, 2023

टेक्ससमा बिष्ट र शाक्य सम्मानित

टेक्सस/अमेरिका (हाम्रो खेलकुद)- नेपाली समाज टेक्सस र सुदुर पश्चिम नेपाली समाज, टेक्ससले एसियन खेलकुदमा दुई कास्य पदक तथा साग खेलकुदमा चार स्वर्णपदक विजेता ओलम्पियन दीपक विष्ट र एसियन खेलकुदमा एक कास्य पदक तथा साग खेलकुदमा तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई एक कार्यक्रममा बीच सम्मान गरेको छ । अमेरिका भ्रमणमा रहेका विष्ट र शाक्य सहित […]

July 7, 2023

शिअ टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – शिअ उसु क्वान तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण र ७ रजतसाथ शिअ समग्रमा टिम च्याम्पियन बनेको हो। दोश्रो भएको काठमाडौं उसु क्वानले ४ स्वर्ण र ३ रजत जित्यो । तेश्रो स्थानको निन्जा उसु क्वानले समान ३–३ स्वर्ण/रजत हात पा¥यो । शीर्ष […]

July 6, 2023

विपन र अस्मितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा विपनले ८.५५ अंक जोडे । बुलबुले उसु क्वानका सुरेश […]

July 5, 2023

राष्ट्रिय अन्तर क्वान उसु सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघको आयोजनामा तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको पूर्व संघीय मन्त्री विना मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा विभिन्न ३४ क्वानका १ सय २० पुरुष तथा ८० महिला गरी २ सय खेलाडीको सहभागिता […]

July 3, 2023

तेक्वान्दोमा विशाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले छैठौं हिरोईज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा एक स्वर्ण र दुई रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैंककमा भएको प्रतियोगिताको पुम्से मास्टर्स समूहमा विशाल कडेलले स्वर्ण पदक जितेका छन् । विशालले दिएको जानकारी अनुसार उनले ८० केजी तौल समूहमा रजत पदक पनि जितेका छन् । इन्टर नेसनल मास्र्टस समुहको पुम्सेमा […]

July 3, 2023

तेक्वान्दोमा चेल्सीक विद्यार्थीलाई पदक

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डमा भएको छैटौं हिरोज तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा चेल्सी वर्ल्ड स्कुलका ७ विद्यार्थीले पदक जितेका छन् । जुलाई १ र २ तारिखमा सम्पन्न प्रतियोगितामा २० राष्ट्रका १ सय ३७ टोलीको सहभागिता रहेको थियो । चेल्सीले अनुभव थापाको नेतृत्वमा टोली सामेल गराएको थियो । प्रखर केसी र साम्राज्ञी विष्टले स्वर्ण जित्दा अन्य खेलाडीले […]

June 28, 2023

राणा संयोजक रहेको कमिटीलाई निरीक्षणको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघले नारायणदेव राणा संयोजक रहेको ब्ल्याकवेल्ट कमिटीलाई १९औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको तयारी निरीक्षणको जिम्मेवारी दिएको छ । ‘एसियन गेम्समा सहभागी हुने कराते खेलाडीहरुको तयारीलाई निरीक्षण गर्न र प्रशिक्षकहरुलाई आवश्यक निर्देशन सहित कार्यमा सहयोग गरी दिन हुन जानकारी गराइन्छ’ कराते महासंघका महासचिव दावा गुरुङद्वारा हस्ताक्षरित पत्रमा भनिएको […]

June 27, 2023

सुमन अमेरिका प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन मंगलबार अमेरिकाको फ्लोरिडा प्रस्थान गरेका छन् । इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको आयोजनामा जुन २९ देखि जुलाई १ तारिखसम्म हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातमा चुनौती प्रस्तुत गर्ने छन् । हवाइ टिकट हात्तीसारस्थित नमस्ते टुरिजम एन्ड […]

June 23, 2023

प्रशिक्षक श्रेष्ठले एसियाड टोलीलाई प्रशिक्षण दिन नपाउने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेका खेलाडीलाई प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण गराउन नपाउने भएका छन् । गत महिना एसियाड छनोटका क्रममा भएको विवादमा दोषी पाइएको भन्दै नेपाल कराते महासंघले श्रेष्ठलाई ३ महिना कराते कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरि कारवाही गरेको छ । यद्दपी महासंघले घटनाका विषयमा गरिएको निर्णयका बारेमा सार्वजनिक […]

Success

Thank you for your time.