default_image

अन्य

September 20, 2023

काठमाडौंको वडा नं १४ फुटसल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – प्रयागराज सिंह सुवाल स्मृति वडा फुटबल प्रतियोगिताको उपाधि काठमाडौं वडा नं १४ ले जितेको छ । वडा नं १३ लाई बुधबार भएको फाइनलमा ३–२ ले हराउँदै वडा नं १४ च्याम्पियन बनेको हो । काठमाडौं महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा भएको प्रतियोगिताको फाइनलमा वडा नं १४ का मनिष रानाभाटले २ र […]

September 20, 2023

वीरजङ स्मृति खुल्ला पुरुष भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]

September 20, 2023

एसियाड भलिबल: इरानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]

September 19, 2023

काठमाडौं महानगरका वडा नं १३ र १४ फाइनलमा भिड्ने

काठमाडौ (हाम्रो खेलकुद)– काठमाडौं महानगरपालिकाको वडा नं १३ र वडा नं १४ ले प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । वडा नं १३ र १४ ले मंगलबार भएको सेमिफाइनल जित्दै एकअर्कासँगको भेट पक्का गरेका थिए । लैनचौर फुटसल मैदानमा भएको सेमिफाइनलमा आरोन खड्काको गोलमा वडा नं १४ […]

September 19, 2023

पुष्पसदन बास्केटबलमा रेडियन्ट र ज्ञानोदयको जित

ललितपुर (हाम्रो खेलकुद) – तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाब्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार रेडियन्ट पब्लिक स्कुल र ज्ञानोदय स्कूल विजयी भएका छन् । कीर्तिपुरस्थित आयोजक पुष्पसदनको बास्केटबल कोर्टमा भएको सिनियर ब्वाईजको खेलमा रेडियन्टले मंगल स्कुललाई ४०–१७ ले हरायो । रेडियन्टका रोहितले सर्वाधिक १४ स्कोर गरे । अर्को खेलमा ज्ञानोदयले स्वर्णिम स्कुललाई २७–२३ ले पराजित […]

September 19, 2023

गण्डकीका रवि सर्वाेत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, […]

September 19, 2023

लामाचौर कप भलिबलमा गण्डकी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको च्याम्पियन बनेको छ ।विभागीय नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको हो । गण्डकीले लिग चरणमा पनि पुलिसमाथि ३–२ को सानदार पूनरागमन जित निकालेको थियो । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको फाइनलमा गण्डकीले पहिलो सेट […]

September 18, 2023

डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – चन्द्रागिरि न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । साविक विजेता समेत रहेको पुलिसले साविककै उपविजेता रहेको डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको फाइनलमा […]

September 18, 2023

गण्डकी र पुलिस लामाचौर कप भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लब पोखरामा जारी लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन् । लिग चरणको अन्तिम खेलमा पुलिसमाथि ३–२ को सानदार पूनरागमन जित निकाल्दै गण्डकीले फाइनलमा स्थान पक्का गरेको हो । हारका बावजुत पनि पुलिस पिन फाइनलमा पुग्न सफल भएको छ । यि दुई टोली […]

September 18, 2023

‘स्कुल टु ओलम्पिक कार्यक्रमको वल्र्ड फोरममा प्रशंसा’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पियन्स संघले सन्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई वल्र्ड ओलम्पियन्स फोरमका सहभागीले प्रशंसा गरेका छन् । टर्कीको इस्तानबुलमा शनिबार र आइतबार भएको दुई दिने वल्र्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको […]

Success

Thank you for your time.