default_image

अन्य

October 16, 2022

भारोत्तोलनमा हिरामोतीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी हिरामोती थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा स्वर्ण जितेकी छिन् । महिला ४५ केजी तौल समूहमा हिरामोतीले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । एपिएफकी लीला राईले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजीसहित रजत […]

October 16, 2022

नवौंमा गौरिकालाई पहिलो स्वर्ण

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक जितेकी छिन् । अस्वस्थताका कारण ४ वटा इभेन्ट छाडेकी गौरिकाले आइतबार १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । जारी पौडीमा उनले पूरा गरेको यो पहिलो इभेन्ट हो । पोखरास्थित फिस्टेल एकेडेमीको पौडी कोर्समा गौरिकाले १ मिनेट ५.५ सेकेन्डको समय […]

October 16, 2022

खोखोमा लुम्बिनी हाबी

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखोमा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै […]

October 16, 2022

महिला भलिबलमा बागमती समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ । दुई हार बेहोरेको मधेश बाहिरिएको छ । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल […]

October 16, 2022

गण्डकी र आर्मीलाई टेनिस टिम इभेण्टमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – टेनिसको ‘टिम इभेन्ट’ तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको […]

October 16, 2022

शारीरिक सुगठन – गण्डकीका विवेक र पुलिसका डेभिडलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा आइतबार भएको शारीरिक सुगठनतर्फको ५५ केजी तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाए । ६० केजी समूहमा नेपाल पुलिस क्लबका […]

October 16, 2022

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी, आर्मी र एपिएफलाई समान ३ स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेश, नेपाल आर्मी र नेपाल एपिएफ क्लबले समान ३ स्वर्णपदक जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा १ स्वर्ण […]

October 16, 2022

आर्मीलाई हराउँदै एपिएफ समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै नेपाल एपिएफ क्लब नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेर अन्तिम आठमा पुगेको हो । हारका बावजुत आर्मी पनि समूह उपविजेता बन्दै अघिल्लो चरणमा […]

October 16, 2022

आर्मीका खगिता र सुर्यलाई हाइजम्पमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका खगिता सिन्जाली मगर र सुर्य बहादुर खत्रीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत हाइजम्पमा स्वर्ण जितेका छन् । खगिताले महिलातर्फ तथा सुर्यले पुरुषतर्फ स्वर्ण जितेका हुन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा आइतबार भएको स्पर्धामा सुर्यले १.९० मिटर जम्प गर्दै स्वर्ण जित्दा बागमतीका निकेश महतोले १.७५ मिटर जम्प गर्दै रजत […]

October 16, 2022

४ सय मिटर हडल्समा आर्मीकी जयरानीको राष्ट्रिय कीर्तिमान

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४ सय मिटर हडल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगाशालामाको ट्र्याकमा जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फको दोस्रो दिन जयरानीले कीर्तिमान बनाएकी हुन् । जयरानीले आफ्नै कीर्तिमान भंग गर्दै १ मिनेट ०४ः१३ सेकेन्ड (ह्यान्ड टाइमिङ) को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । झण्डै […]

Success

Thank you for your time.