3 years ago
October 16, 2022
म्याग्दी (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै नेपाल एपिएफ क्लब नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेर अन्तिम आठमा पुगेको हो । हारका बावजुत आर्मी पनि समूह उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा आइतबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा २५–२० को जित निकाल्न सफल भयो । दोस्रो सेट आर्मीले २५–१९ ले जित्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछिको दुवै सेटमा एपिएफ विजयी हुन सफल भयो । तेस्रो सेट २५–२१ ले जितेको एपिएफले चौथो सेट २५–२३ ले जित्न सफल भयो । कर्णाली प्रदेश जित र अंकविहीन हुँदै बाहिरिएको छ ।
एपिएफले अब समूह सी को उपविजेता लुम्बिनी प्रदेशसँग तथा आर्मीले समूह सी को विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
आइतबार बागमती र मधेशबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलमा सफलता हात पारे बागमती समूह विजेता बन्नेछ भने प्रदेश १ उपविजेताको रुपमा अघि बढ्नेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]