3 years ago
October 16, 2022
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक जितेकी छिन् । अस्वस्थताका कारण ४ वटा इभेन्ट छाडेकी गौरिकाले आइतबार १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । जारी पौडीमा उनले पूरा गरेको यो पहिलो इभेन्ट हो ।

पोखरास्थित फिस्टेल एकेडेमीको पौडी कोर्समा गौरिकाले १ मिनेट ५.५ सेकेन्डको समय निकाल्दै १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । यसमा ४ वटा स्वर्ण पदक जितिसकेकी एनआरएनएकी एस्ली सापकोटा डंगोलले रजत र आर्मीकी अनुषिया तन्डुकारले कास्य पदक जितेकी छिन् । एस्लीको समय १ मिनेट ८.७९ सेकेन्ड र अनुषियाको १ मिनेट १३.८ सेकेन्ड रहेको छ ।
गौरिका सम्मलित आर्मीको टोलीले ४ गुणा १ सय मिटर रिलेमा स्वर्ण पदक जितेको छ । गौरिका, डुवाना लामा, अनुषिया तन्डुकार र उपास्ती महर्जनको समूहले ४ मिनेट १९.४५ सेकेन्डको समय निकालेको थियो । तिसा महर्जन, श्रेनु महर्जन, जारिया महर्जन र रोशा न्यौपाने रहेको बागमतीले रजत तथा मेगन गुरुङ, समिरा शोभा थापा मगर, आर्या महर्जन र अदिप्सा वैद्य रहेको नेपाल पुलिस क्लबले कास्य पदक जित्यो ।

आइतबार गौरिकाले ८ सय मिटर फ्रि स्टाइल तथा २ सय फ्रिस्टाइल छाडेकी थिइन् । पेट दुखेर वान्ता भएपछि शनिबार १ सय मिटर फ्रि स्टाइलको फाइनल राउन्ड र २ सय मिटर ब्याक स्ट्रोकबाट उनले नाम फिर्ता लिएकी थिइन् । १ सय मिटर फ्रि स्टाइल र २ सय मिटर फ्रिस्टाइलको हिटमा भाग लिएर गौरिकाले फाइनल राउन्ड छाडेकी थिइन् ।
त्रिभुवन आर्मी क्लबबाट सहभागी भइरहेकी गौरिकाको ५० ब्याक स्ट्रोक, ४ गुणा २ सय ब्याकस्ट्रोक, ४ सय मिटर फ्रिस्टाइल, ५० मिटर फ्रिस्टाइल र ४ गुणा १ सय मिक्स्ड फ्रि स्टाइल खेल्न बाँकी छ । गौरिकाले तीन वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा कीर्तिमान ४ स्वर्ण , २ रजत र ३ कास्यसहित ९ पदक जितेकी थिइन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]