default_image

2 years ago

October 16, 2022

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी, आर्मी र एपिएफलाई समान ३ स्वर्ण

133 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेश, नेपाल आर्मी र नेपाल एपिएफ क्लबले समान ३ स्वर्णपदक जितेका छन् ।

शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा १ स्वर्ण जितेको हो ।

त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र पुरुषातर्फ ६०–६५ केजी तौल समूहमा स्वर्ण जितेको हो । सशस्त्र प्रहरी बलले महिलातर्फको ४५ केजी मुनि र ५० केजी मुनि तौल समूह र पुरुषतर्फको ४५ केजी मुनि तौल समूहमा स्वर्ण जितेको हो ।

खेलमा पुरुषतर्फको खुल्ला तौल समूहमा नेपाल आर्मीका बिजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए ।

पुरुषतर्फकै ६०–६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । भुजेलले रजत पदक जिते ।

पुरुष तर्फकै ५५–६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशान लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् ।

पुरुषतर्फकै ५०–५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए ।

यसैगरी ४५–५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने वागमतीका राइले रजत पदकमा चित्त बुझाए । ४०–४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् ।

पुरुषतर्फको ३५–४० तौल समूहमा गण्डकीका अभिसेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए ।

महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले वागतमी प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् ।

५०–५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् ।

४५–५० केजी तौल समूहमा सशस्त्र प्रहरीकी करिष्मा कार्कीले वागमती प्रदेशकी नविना घमाललाई पराजित गरी स्वर्ण जित्दा घमालले रजत पदक जितिन् । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् ।

महिलातर्फको ३५–४० तौलक केजी समूहको खेल भने स्थगित भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको फुल कन्ट्याक्ट कराँते प्रतियोगिताका सह–संयोजक दीपक गोदारले बताए । विवादका कारण दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए ।

पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिष्पर्धा खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रिय स्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइएको थियो ।

फुल कन्ट्याक्ट कराँतेमा स्वर्ण नतिजा
१. गण्डकी ३ स्वर्ण
२. नेपाल आर्मी ३ स्वर्ण
३. सशस्त्र प्रहरी ३ स्वर्ण
४. मधेश प्रदेश १ स्वर्ण
५. नेपाल प्रहरी १ स्वर्ण
१२ विधामा एक खेल स्थगित

फुल कन्ट्याक्ट कराँतेका पदकधारी खेलाडीहरु

४० केजी मुनि

१. अभिशेक डिमडुङ गण्डकी स्वर्ण पदक
२. सागर थिङ नेपाल आर्मी रजत पदक
३. शुभम पासवान प्रदेश १ कास्य पदक
४. अर्मन सफी मधेश प्रदेश कास्य पदक

४५ केजी मुनि

१. सुनील तामाङ शसस्त्र प्रहरी स्वर्ण पदक
२. राजकुमार यादव नेपाल आर्म रजत पदक
३.नारायण विक गण्डकी प्रदेश कास्य पदक
४.गोविन्द गौतम चौहान मधेश प्रदेश कास्य पदक

५० केजी मुनि

१. अनीष बुढामगर गण्डकी प्रदेश स्वर्ण पदक
२. विजय राई वागमती प्रदेश स्वर्ण पदक
३. वीरेन्द्र बोहोरा कर्णाली प्रदेश कास्य पदक
४. शुसाङ श्रेष्ठ नेपाल प्रहरी कास्य पदक

५५ केजी मुनि

१. धरमिन्दर राम मधेश प्रदेश स्वर्ण पदक
२. चोकबहादुर बुढाथोकी नेपाल आर्मी रजत पदक
३. पासाङ तामाङ गण्डकी प्रदेश कास्य पदक
४.गोरखबहादुर नगरकोटी सशस्त्र प्रहरी कास्य पदक
६० केजी मुनि

१. शुशान लामिछाने नेपाल प्रहरी स्वर्ण पदक
२. विकास गुरुङ नेपाल आर्मी रजत पदक
३. धमप्रकाश खड्का सशस्त्र प्रहरी कास्य पदक
४. मोशेस कुमाल कुमाल गण्डकी प्रदेश कास्य पदक

६५ केजी मुनि

१. सनी सिंह नेपाल आर्मी स्वर्ण पदक
२. शिव भुजेल गण्डकी प्रदेश रजत पदक
३. दिलीप यादव लुम्बिनी प्रदेश कास्य पदक
४. दिशान तामाङ एनआरएनए कास्य पदक

खुला तौल समूह

१. विनय सिंह नेपाल आर्मी स्वर्ण पदक
२. रुपक नेपाली गण्डकी प्रदेश रजत पदक
३. सुजित खड्क मधेश प्रदेश कास्य पदक
४. अमीर देउवा नेपाल प्रहरी कास्य पदक

महिलातर्फ

४५ केजी मुनि

१. रिना माझी सशस्त्र प्रहरी स्वर्ण पदक
२. अञ्जना ढुंगेल नेपाल प्रहरी रजत पदक
३. उषा रावल सुदूरपश्चिम प्रदेश कास्य पदक
४.एकता कुमाल वागमती प्रदेश कास्य पदक

५० केजी मुनि

१. करिष्मा कार्की सशस्त्र प्रहरी स्वर्ण पदक
२. नविना घलान वागमती प्रदेश रजत पदक
३. प्रमिला भूमि सुदूरपश्चिम कास्य पदक
४. अतुपा नेपाली नेपाल आर्मी कास्य पदक

५५ केजी मुनि

१.धनी रानामगर गण्डकी प्रदेश स्वर्ण पदक
२. पत्रिका चन्द नेपाल आर्मी रजत पदक
३. अम्बिका भुजेल सशस्त्र प्रहरी कास्य पदक
४. अस्मिता धरेल मधेश प्रदेश कास्य पदक
खुला तौल

१. मञ्जु विक नेपाल आर्मी स्वर्ण पदक
२.निशा बोहोरा वागमती प्रदेश रजत पदक
३. शिवानी श्रेष्ठ सशस्त्र प्रहरी कास्य पदक
४. ममिता बोहोरा सुदूरपश्चिम प्रदेश कास्य पदक

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.