default_image

अन्य

October 13, 2022

महिला भलिबलमा गण्डकी समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलमा गण्डकी प्रदेश समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको छ । म्याग्दीको बेनी बजारस्थित खुल्लामञ्चमा बिहीबारदेखि भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुआत गरेको हो । पहिलो सेटमा गण्डकीले २५–१८ को जित निकाल्न सफल भयो । […]

October 13, 2022

हक्कीमा गण्डकी र आर्मीको विजयी सुरुआत

पोखरा (हाम्रो खेलकुद) – पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हक्कीमा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश र पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेका छन् । गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखराको मैदानमा बिहीबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको हो । गण्डकीका तर्फबाट […]

October 13, 2022

नवौं राष्ट्रिय खेलकुदः महिला भलिबल आजदेखि

म्याग्दी (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । म्याग्दी जिल्लाको बेनी बजारमा हुन महिला भलिबलको सम्पूर्ण तयारी पुरा भएको र आजदेखि प्रतियोगिताका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीले बताएको छ । महिला भलिबल प्रतियोगिता बेनीको खुल्लामञ्चमा हुने र खेलमैदान तयार गरिएको जिल्ला खेलकुद विकास […]

October 12, 2022

ह्यान्डबल – पुरुषतर्फ गण्डकीको तेस्रो जित

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकीले तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको खेलमा गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । लगातार ३ खेल जितेको गण्डकीले ९ अंक बटुलेको छ । गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे । नवौं राष्ट्रिय […]

October 12, 2022

फेन्सिङमा बागमतीलाई तेस्रो दिन दुई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तरगत फेन्सिङमा तेश्रो दिन थप दुई स्वर्ण हात पारेको छ । यससँगै बागमती ४ स्वर्णसहित पदक तालिकामा अग्रस्थानमा रहेको छ । बुधबार पुरुष टिम फ्वईलतर्फ बागमतीले विभागीय त्रिभुवन आर्मी क्लबलाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य […]

October 12, 2022

नवौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च लुम्बिनी लगिदै

काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा ओलम्पिक फ्लेम प्रज्वलन गरिने ओलम्पिक टर्च बुधबार लुम्बिनी पुर्याइदैछ । उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी हुँदै नवौंको आयोजनास्थल गण्डकी प्रदेशको राजधानी पोखरा पुर्याउने छ । ओलम्पिक टर्च लाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित राजकुमारी […]

October 11, 2022

अन्तिम तयारी सम्वन्धि उपसमितिको बैठक

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद सम्वन्धि विभिन्न उपसमितिको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार पोखरामा बैठक बसेको छ । उपसमितिका संयोजक र सचिवहरुले नवौं राष्ट्रिय खेलकुदलाई पूर्ण रुपमा सफल बनाउन आआफ्नो तर्फबाट भए गरेका प्रगती विवरणका प्रस्तुत गर्नुका साथै आउन सक्ने समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भएको थियो […]

October 11, 2022

बाणिज्य बैंक र राखेपबीच सम्झौता

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषद्विच प्रायोजन सम्वन्धी सम्भौता भएको छ । नवौं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर राख्दै बाणिज्य बैंकले प्रायोजन सम्झौता गरेको हो । सम्झौता पत्रमा राष्ट्रिय बाणिज्य बैंकका महाप्रवन्धक किरण कुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरे । झन्डै ३० लाख रुपैयाँ बराबरको सम्झौता […]

October 11, 2022

महिला ह्यान्डबल – गण्डकी र प्रदेश १ को लगातार दोस्रो जित

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा घरेलु गण्डकी र प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार भएको समूह ‘ए’ को खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि २७–४ को जित निकाल्दै लगातार दोस्रो जित निकालेको हो । गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन् । गण्डकीले […]

October 11, 2022

फेन्सिङमा राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा मंगलबार तीन स्वर्णको छिनोफानो भएको छ । मंगलबार विभागीय नेपाल एपिएफका राजेन्द्र गजुरेलले व्यक्तिगत सावर, महिलातर्फ फोयलमा आर्मीकी रमा कुमारी सिंह र पुरुषतर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्णपदक जितेका छन् । एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जितेका हन् । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा […]

Success

Thank you for your time.